माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

चैत १, रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु दुलाल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजकुमार थापाका अनुसार लिखु हाइड्रो पावर र स्थानीयको लगानीमा खनिएको सिवालय वाम्ति सडकको बाटो नाप्ने क्रममा बुधबार साँझ माथिबाट माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।

घटनास्थलबाट प्रहरी चौकी तथा हाइड्रो पावरसमेत केही टाढा भएको कारण आधा घण्टा पछि मात्र उद्धार टोली घटनास्थलमा पुगेको थियो । प्रहरी चौकी शिवालयबाट पुगेको प्रहरी टोली र हाइड्रोका कर्मचारी तथा स्थानीयबासी समेतको मद्दतमा उनीहरुको शव घटनास्थलबाट निकालिएको थियो । दुवै शव पोस्टमार्टमका लागि बिहीबार विहान जिल्ला सदरमुकाम मन्थली ल्याइँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com