कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

 

फागुन ३०, कपिलवस्तु । वाणगंगा नगरपालिका बुन्ची–कोपवा सडकखण्डमा मंगलबार भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा स्थानीय १६ वर्षीय प्रदीप चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जजनाएका छन् ।

प्रदीपको मृत्यु ट्र्याक्टरको ठक्कर लागेर हो कि ट्याक्टरबाट खसेर हो भन्नेबारे अनुसन्धान भइरहेको कार्कीले बताए । प्रदीपलाई दुर्घटनालगत्तै स्थानीय मेडिकलमा लगिए पनि उपचार सम्भव नभएपछि तौलिहवा अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । चौधरीको शव आफन्त आएपछि पोस्टमार्टम गरिने प्रहरी नायब उपरिक्षक कार्कीले बताए । दुर्घटना गराउने ट्र्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com