कोसी राजमार्गको धरान धनकुटा सडकमा मंगलबार मध्याह्न भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

कोसी राजमार्गको धरान धनकुटा सडक खण्डअन्तर्गत सागुरीगढी-६ मा मंगलबार मध्याह्न भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

स्काभेटर बोकेर धनकुटातर्फ जाँदै गरेको ना ५ ख १९३६ नं. को ट्रक ब्रेकफेल भएर पल्टिँदा सागुरीगढी-७ का रामजीत राई र वीरबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जना सडक विभागका सडक सफा गर्ने कर्मचारी रहेको जनाइएको छ दुर्घटनामा रामेछाप मन्थली-७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका सनम तामाड र धादिङका रमेश भण्डारी घाइते भएका छन् । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com