नारी दिवसकै दिन बोक्सी आरोपमा युवतीमाथि अत्याचार


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

बिहीबार सहरमा नारी दिवसको रमझममा कोठे बैठक, प्रभातफेरि र ठाउँठाउँमा महिला हिंसाविरुद्धका प्रवचन भइरहेका बेला कैलालीको घोडाघोडी नगरपालिका ५ की १८ वर्षीया युवतीमाथि निर्घात कुटपिट भइरहेको थियो।

एकातिर भोलेबाबा नाम गरेका स्थानीय गुरुवा रामबहादुर चौधरी नागको जस्तो हात गर्दै किशोरीको पिठ्युमा बजारी रहेका थिए भने आफूलाई बोक्सी लगाएको आरोप लगाउने पार्वती चौधरी र उनकै आफन्त किस्मती चौधरी पनि राधाको पेट र संवेदनशील अंगमा मुड्की र लात्ताले प्रहार गरिरहेका थिए।

भएभरको शक्ति लगाएर स्थानीय जनप्रनिधिले गाउँघरमै घटना मिलाउने तयारी गरेपछि घटना ढिलागरी सार्वजनिक भएको हो। फागुन २४ गते महिला दिवसकै दिन बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएकी युवतीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

‘स्थानीय गुरुवा रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन’, एक स्थानीयले भने, ‘स्थानीय जनप्रतिनिधिको दबाबमा घटना मिलाउन खोजिए पनि मानवअधिकारकर्मीको रोहबरमा किशोरीलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको हो।’ कुटपिट गर्ने गुरुवा रामबहादुरलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किशोरीलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ। युवतीलाई निर्मम कुटपिट गर्दा स्थानीय सयौंको संख्यामा भेला भएर रमिता हेरिराखेका छन्। भिडियोमा गुरुवासँगै कुटपिटमा संलग्न किस्मती चौधरीलाई भने प्रहरीले अझै पक्राउ गरेको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com