प्रहरीको खोजीमा रहेका नवराज सिलवाल प्रशिक्षण लिन संघीय संसद पुगे


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

प्रहरीले खोजी गरिरहेको भनिएका सांसद नवराज सिलवाल एमाले तथा माओवादीबाट संघिय संसदमा निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिन संसद भवन नयाँ वानेश्वर आयोजित कार्यक्रममा पुगेका छन्।

उनी करिब पौने ११ बजे संसदमा पुगेका हुन्। संसद छिर्दा उनी एक्लै थिए। पार्टी एकताको क्रममा रहेका दुबै दलले संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा सांसदहरूलाई प्रशिक्षण दिन शनिवार बोलाएको हो। सिलवाल पनि सोही प्रशिक्षणमा सहभागी भएका हुन्।

आइतबार संघीय सांसदहरूको शपथग्रहण हुँदैछ। कार्यक्रमलाई प्रचण्ड तथा केपी ओलीले सम्बोधन गर्देछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com