भक्तपुरमा दुर्घटना गरी १९ महिनाको बालकको मृत्यु
प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार
फागुन ७, भक्तपुर– सोमबार भक्तपुरमा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ।
चाँगुनारायाण नगरपालिका–८ आरुबारीस्थित देबी इँटाभट्टामा बा।२ ख १३७८ नम्बरको मिनीट्रकले माटो लोड गर्ने क्रममा सोमबार अचानक ठक्कर दिँदा गम्भीर घाइते भएका सोही इँटाभट्टामा काम गर्ने रोल्पा ह्याङ्ग–८ का देबेन्द्र बुढामगरको छोरा १९ महिनाको सबिन बुढामगरको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।