अमेरिकाको कनेक्टीकटमा फिस्टे र ट्वाकेन्द्रको बबाल


प्रकाशित मिति : २१ आश्विन २०७३, शुक्रबार

 

हिन्दुहरुको महान् चाड दशैँको पूर्व सन्ध्यामा यहाँ आयोजना गरिएको साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय तथा राष्ट्यि कलाकार सहभागीता रहेको कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य, गीत र हास्यँब्यंगे प्रस्तुत गरिएको थियो ।

आफ्नो मौलिक कला संस्कृतिलाई जगेर्ना गर्दै सम्वद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अमेरिकाका लागि वाणिज्यदूत कृष्ण कुमार सुवेदीले यस्ता कार्यक्रमले देशको पहिचानलाई बढावा दिएको बताए । भूगोलको परिधीले मात्र मुलुकको पहिचान नसमेटिने भएकाले कला संस्कृतिको माध्यमबाट राष्ट्लाई अन्तराष्ट्यिस्तरमा चिनाउने काम गर्ने दाबी गरे ।

14593501_10209530311528756_1918827251_n

प्रमुख गीतकारका रुपमा निम्त्याइएका गायक तथा नायक बाबु बोगटीले बाटो फराकिलो थियो बोलको गीतबाट दर्शकलाई आकर्षित गरेका थिए । तुल्सी आगनमा रोपौलाँ, साली साली र कान्छी मोरीले गीत गाउँदा सबै दर्शक छमछमी नाँच्न पुगेका थिए । त्यस्तै जमुना जमुना र सान नानी सानी जस्ता गीतमा उपस्थीत दर्शकले आनन्द लिएका थिए । कार्यक्रम बीच बीचमा केही रमाइला सायरी सुनाउँदै गायकले बोगटीले माहोललाई थप ऊर्जा थपेका थिए ।

14580434_10209530311648759_202137736_n

कार्यक्रममा निन्त्याइएकी अर्की गायकी श्वेता पूञ्जाली र हास्य कलाकार गोपाल नेपाल फिस्टे साथै  कलाकार गोपाल अधिकारी ट्वाकेन्द्रले समेत गीत तथा ब्यंग्गे प्रतुत गरेका थिए । फिस्टेको रिमिक्स गीत गाउँदै गर्दा दर्शकहरु मज्जाले हाँसी रहेका देखिन्थे । साथै नेपाली भाका झल्काउने गीतहरुमा स्थानीय कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरि साँझलाई थप रमाइलो बनाएका थिए ।

14608198_10209530312168772_61042738_n

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समय परिस्थितिले विदेशलाई कर्म थलो बनाएता पनि आफ्नो कला संस्कृतिको सम्र्वद्धनका लागि सबैले एकजुट हुनुको विकल्प नरहेको कनेक्टिकट नेपाली समाजका अध्यक्ष शंकर ढकालले जोड दिए । प्रवासमा रहेता पनि नेपाली पहिचान झल्किने गरि समाजले प्रत्येक वर्षमा दशैँ तथा नयाँ वर्षको कार्यक्रमका साथै अतिरिक्त कार्यक्रम गर्दै आएको छ ।

14607914_10209530312248774_715376734_n

14593175_10209530312448779_691060236_n

दशैँ कार्यक्रमको संयोजन गरेका दिपक खतिवडाले यस्ता कार्यक्रमले नेपाली कला संस्कृतिको जगेर्ना मात्र नभई नेपालीहरु बीच आपसी कटुतालाइ हटाई आत्मीयतालाई मलजल गर्ने उनको ठम्याई थियो । कार्यक्रमका बीच गरिएको राफल प्रतियोगितामा विजयीलाई सिंगो खसी, आइप्याड, स्पीकर लगायका पुरस्कार वितरण गरिएको थियो । नेपाली डायसपोसाको विस्तार सँगै प्रवासमा गरिने यस्ता साँस्कृतिक कार्यक्रमहरुले गति लिदै गएको पाईन्छ । विभिन्न अवसर पारेर गरिने यस्ता कार्यक्रमले अन्तराष्ट्यि जगत्मा नेपाली पहिचान स्थापित गर्नुका साथै प्रवासीहरु बीच रमाइलो गर्ने संस्कृतिको रुप समेत ग्रहण गर्दै गएको छ ।

14608165_10209530312288775_918332112_n

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com