जोे कोरियन भएर पनि कोरियामा नेपाल चिनाईरहेको छ………


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

-अर्जुन बराल

जनवरी २० तारिख बिहान ७ बजे दक्षिण कोरियाको राजधानी सौलको मार्ईनस १७ डिग्री माथिको तापक्रम, चिसोको कुनै प्रबाह नगरी सहयात्री मित्र संजयलाई अनुरोध गरी उनलाई मनाउँदै भने हामी कार्यरत स्थानदेखि ४५० किमी यात्रा गरेर यहाँ आर्र्ईपुगीयो अझै नब्बे किमी अगाडी देजङ्ग स्टेशनमा गएर नेपाल र नेपालीलार्ई माया गर्र्ने चिरपरिचित कोरियन कबि किम ह्यङ्ग ह्यो को सगरमाथा रेष्टुरेन्टमा बिहानको खाना सँगै उहाँसँग भलाकुसारी गरौ ।

आहा, रेष्टुरेन्ट प्रबेश गर्ने बित्तिकै मित्र संजय हिमाली तथा पहाडी जनजीबन सँगै नेपाली धर्मसंस्कृतिलाई भित्तामा चित्रकलाको माध्यमबाट झुण्डाएको त्यो अदभुतकलालाई चुम्न पुगीहाले । रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट कोरियामा थ्रि “डि” काम गर्न आएको म एक साधारण नेपाली बास्तबमा त्यहाँ पुगेपछि अचम्ममा परे । गएको बर्षातमा तराईको बाढीबाट पिडीत बनी पानीमा बगाएर अन्त्येष्टी गरिएका मुसहर बालकको सम्झनामा कबिता मार्फत केही आर्थिक संकलन गरी सहयोग गरेका उनै ५१ बर्षीय कोरियन कबि किम ह्यङ्ग ह्यो नेपाली म्युजीकल र्ईन्स्टुमेन्ट मादल,सारङ्गी,बाँसुरी,तबेलाको साथमा रेष्टुरेन्टमा आएका कोरियनलार्ई परिभाषीत गराउँदै थिए ।

कोरियन कबि किम ह्यङ्ग ह्यो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नजिकै गएर कोरियन भाषामा कबि ह्यङ्गलार्ई अभिबादन गरे तर जवाफमा दुर्र्ई हात जोडेर उनी नमस्कार फर्काए । मनले मानेन सोधीहाल्य आखीर प्रेरणा मिल्यो कसरी यो सब गर्न ? मन्द मुस्कान मिजासीलो बोली झर्र्को नमान्ने उनको बिशेषता सँगै आजभन्दा चार दशक अगाडी ओेखलढुङ्गाको रुम्जाटारमा एक सामान्य परिवारमा जेठो सन्तानको रुपमा जन्मिएकी मञ्जु गुरुङ्ग जो नेपाल समाचार पत्रमा आधादशक भन्दा बढी र सगरमाथा टेलीभिजनमा दुई बर्ष पत्रकारिता गरिन् उनैलार्ई देखाउँदै भने मेरो साहित्यप्रतिको अती नै लगाब अनी सन् २००४ को पहिलो नेपालयात्रा सँगसँगै उनको सहयोग । नेपालका एघार बरिष्ठ चित्रकारका चित्रकला कोरियामा प्रर्दशन गराउँने बिषयमा गरिएको पत्रकार सम्मेलनका क्रममा उनी सँग परिचय सँगै छ बर्ष सम्म हामीबिच प्रेम चल्यो र सन् २०११ डिसेम्बरमा जिबनसंगीनि बनाउँने शौभाग्य मिल्यो सगरमाथाको देशसँगै नाता जोडे आहा म कति भाग्यमानी हाँस्दै जवाफ फर्काएर बाँकी जिबनको जिगज्याग यात्रा मञ्जु सँग बुझन अनुमति दिए ।

श्रीमानको साथमा मंञ्जु गुरुङ्ग

बिहानको एघार बजिसकेको थियो रेष्टुरेन्टमा नेपाली लगाएत कोरियन पाहँुनाले ठाँउ लगभग भरिभराउँ नै थियो । पाहँुना चाँहे जो सुकै किन नहुन उनीहरुलाई टिपिकल नेपाली खानाको स्वाद चखाउँनै ब्यस्त मञ्जुको “कर्मघरमा एक चक्कर” नामक यात्रा संस्मरण पुस्तक प्रकाशनमा आएको छ । सन् २०१२ मा पहिलो चोटी कोरिया छिर्दा आफुले आफैलाई प्रण गरेर शपथ खादै भने हातमा नेपाली खानाको थाली आफना पाहुना तर्र्फ बढाउँदै उनी भन्छीन “कोरियन बुहारी भएपनि मेरो जननी जन्मभुमिश्च्व परिबर्र्तन भएको छैन मैले जिम्मेबार बढाए”।

साहित्यले देशपनि चिनाउँदो रहेछ नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध स्थापनाको बयालीस बर्षमा प्रत्येक बर्र्र्ष बिबिध कार्यक्रम भए त्यसले प्रत्यक्ष सतहीमा केहि नदेखिएतापनि मंञ्जु कोरियामा नेपाल चिनाउन लागेकी छिन् । आदीकबि भानुभक्तको जन्मजयन्ती होस् या राष्ट्रकबि माधबप्रसाद घिमिरेको जन्मदिन यिनीहरुको सम्झनामा कार्यक्रम गरिहाल्न यो जोडी पछि पर्र्दैन । मुनामदनको आकाशनामक बालकथा,खुशी नामक बालउपन्यास लाई कोरियन भाषामा कबि ह्यङ्गले प्रकाशनमा ल्याएका छन भने माधब घिमिरेको लोकप्रिय पुस्तम गौरीलाई कोरियन भाषामा अनुबाद गरि प्रकाशनमा ल्याउँन मंञ्जु श्रीमानलाई प्रेरित गरिरहेकी छिन् ।

मंञ्जु र कबि ह्यङ्गको जोडी

नेपालमा महाभुकम्पताका कोरियाको ब्यस्त जिबनीलाई चटक्कै लात मारेर देश रोएको छ म कसरी हाँसु भन्दै नेपालमा गएर भुकम्पपिडित क्षेत्रका शिबिरमा आफै निशुल्क रुपमा पाउरोटी बनाउँदै बाँडेर एक बर्ष बिताएकी मञ्जुले दाताहरुको आग्रहमा एक प्राथमिक बिद्यालय निर्माण र बिभिन्न बिद्यालयको भ्रमण सँगै गरिब तथा पिछडीएका बर्गलार्ई किताब कापी निशुल्क बितरण गरिसकेकी छिन् भने बिशेष गरेर कोरियामा आपतबिपतमा परेका महिलाका निम्ति सुवन शहरमा बिगत तिन बर्र्षदेखि महिला सेल्टर संचालनमा ल्याएकी छिन् ।

सुन्दा अचम्म लाग्ने यो जोडीको कथा अनी नेपाल सँग जोडीएको कोरियन कबि ह्यङ्गको त्यो ह्रृृदय सायद नेपालप्रती फराकिलो भएर नै हो कि केहि दिन अगाडी नेपाल सरकारले नेपाली सेनाको मानार्थ सहायक रथीको पदबाट सम्मानीत राष्ट्रकबि माधबप्रसाद घिमिरेको एकसय जन्मदिन पुगेको अवसरमा यहि सेप्टेम्बरमा कोरियाबाट केहि प्रख्यात कोरियन कबिलाई नेपाल झिकार्र्र्र्ई दुबैदेशका कबिको साहित्यीक जमघट गराउँने योजनाका साथ अघी बढेका छन् एकपटक सम्पूर्ण हामी नेपालीको तर्फदेखि सलाम ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com