ट्रम्पले ह्यारी र मेगन मार्कलको विवाहको निम्तो पाएनन, ट्रम्पले भने: उनीहरू खुशी होउन्


प्रकाशित मिति : १४ माघ २०७४, आइतबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको विवाहमा सहभागी हुन आफूलाई कुनै निम्तो आएको जानकारी नभएको बताएका छन्।

मे महिनाको १९ तारिखमा हुने विवाहबारे उनले कुनै निम्तो पाएका छन् कि छैनन् भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूलाई त्यसबारे थाहा नभएको बताएका हुन्।

अमेरिकी अभिनेत्री मार्कल सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनकी समर्थक थिइन्।

उनले ट्रम्प महिला विरोधी र विभाजक भएको बताएकी थिइन्।
आइटिभीका लागि पिएर्स मोर्गनसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले राजकुमार ह्यारी र मार्कल ‘मायालु जोडी’ जस्तो देखिएको बताए।

विवाहमा उनी उपस्थित हुन चाहन्छन् कि चाहँदैनन् भन्ने प्रश्नमा ट्रम्पले भनेका थिए, “म उनीहरू खुशी होउन् भन्ने चाहन्छु, म साँच्चै उनीहरू खुशी होउन् भन्न चाहन्छु। उनीहरू मायालु जोडी जस्तो देखिन्छन्।”

राजकुमार ह्यारी र मार्कलले विन्डजर क्यासलमा विवाह गर्नेछन्।

BBC

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com