सार्क सम्मेलन स्थगनबारे औपचारिक जानकारी


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन स्थगित गरेको आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । आगामी कात्तिक २४ र २५ गते हुने भनिएको सम्मेलन स्थगित भएको पाकिस्तानले जनाएको हो ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सम्मेलन स्थगित भएकामा चिन्ता व्यक्त गरिएको छ । सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्कका सदस्य राष्ट्रलाई चाँडोभन्दा चाँडो सम्मेलनको वातावरण बनाउन आग्रह गरेको छ । यस क्षेत्रमा देखापरेको आतङ्कवाद तथा सिमापार आतङ्कलाई नियन्त्रण गरी शान्ति, स्थायित्व कायम गर्न, क्षेत्रीय सहयोग अर्थपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।

नेपालले विश्वव्यापी रुपमा आतङ्कवादविरुद्ध भएका गतिविधिप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभित्र कुनै पनि आतङ्कवादलाई प्रश्रय नदिने विज्ञप्तिमा उल्लेख गरिएको छ । गत असोज २ गते कास्मिरमा तथा त्यस क्षेत्रमा भारतीय सेनामाथि भएको हमला तथा त्यसबाट मारिएका सेनाप्रति नेपालले दुःख व्यक्त गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com