२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
मनोरञ्जन

नेपाली चलचित्र भैरेका लागि अमेरिकामा बस्ने कलाकार मुस्ताङमा

गाउँमा प्रायः जिस्काएर बोलाइने चर्चित नाम हो भैरे । यही भैरे नामको अहिले चलचित्र बन्दैछ । नेपाली चलचित्र क्षेत्रका दुई हस्ति, चर्चित नायक बिक्रान्त बस्नेत र दयाहाङ राईको अभिनयमा । भैरेको सुटिङमा व्यस्त रहेका अमेरिका निवासी नायक बिक्रान्तले चलचित्रको अहिले नेपालको हिमाली क्षेत्रमा छायाङकन भईरहेको जानकारी दिए । गाउँले परिवेवश र गाउँको कथा वस्तु समेटिएको चलचित्र भैरे छिटै बजाउमा आउनेछ ।

नेपाली चलचित्र क्षेत्रमा एकताका राजेश हमालको एउटा अभियन शैली स्थापित भयो, त्यस्तै शैलीमा अभिनय गरेर आफुलाई स्थापित गरेका नायक बिक्रान्त बस्नेत र साधारण ढंगबाट नेपाली चलचित्रमा अर्को शैलीलाई स्थापित गर्न सफल दायहाङको संयुक्त अभिनयले चलचित्र उत्कृष्ट बन्ने अपेक्षा गरिएको छ ।

नेपाल चलचित्र क्षेत्रका चर्चित अभिनेता, खलनायकको एउटा इतिहास बनाएका राते काईला अर्थात सुनिल थापाको पनि दमदार अभियन रहने छ । चलचित्रमा बुद्धि तामाङ हैट, सबिता गुरुङ, जयनन्द लामा, बर्षा शिवाकोटी, जान्हवी गुरुङ, कुमारी लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस्तै बाल कलाकारमा अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेलको अभिनय छ ।

एभरेष्ट सुर्य बोहोराको निर्देशन, पुरुषोत्तम प्रधानको छायाङकन, कविराज गहतराजको नृत्य निर्देशन, बसन्त सापकोटा, अर्जुन पोखरेल र गायक यम बराजलको संगितमा चलिचत्र बनिरहेको छ । चलचित्रमा नेपालको उत्कृष्ट पर्यटकिय क्षेत्रको छायाङकन भईरहेको र यसमा समग्र नेपालको परिदृष्य हेर्न पाइने यसका नायक बस्नेतले खसोखास मनोरञ्जन ब्यूरोलाई जानकारी दिए ।

 

 

 

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →