नगरप्रमुखले यसरी फिर्ता गराइदिए सेवाग्राहीसँग नापीका कर्मचारीले लिएको रकम


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

पुस १९, उदयपुर, कटारी नगरपालिकास्थित रहेको नापी कार्यालयका कर्मचारीले सेवाग्रहीबाट उठाएको रकम फिर्ता गरेका छन्। कटारी नगरपालिकाका प्रमुखले कारबाही अघि बढाउने चेतावनी दिएपछि नापी कार्यालय गाईघाटबाट खटिएका कर्मचारीले ६ हजार रुपैयाँ सेवाग्राहीलाई नै फिर्ता गरेका हुन्। मंगलबार नापीका कर्मचारीहरूले जग्गा नक्सा सुधार गर्न भन्दै सर्वसाधारणसँग लिएको ६ हजार रकम फिर्ता गरेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए।

‘सेवाग्रहीबाट पैसा उठाएको गुनासो आयो’, नगर प्रमुख श्रेष्ठले भने, ‘गएर उठाएको पैसा सेवाग्राहीलाई फिर्ता गरे।’ नापी कार्यालका कर्मचारीले सर्वसाधरणबाट पैसा लिएको थाहा पाएसँगै कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ ९काजी० तत्काल नापी कार्यालय पुगी तत्काल सबैको पैसा फिर्ता दिन निर्देशन दिएको सेवाग्राहीले बताए। नापीका कर्मचारीले रकम फिर्ता दिन आनाकानी गरेसँगै नगरप्रमुख श्रेष्ठले कारबाही अगाडि बढाउने चेतावनी दिए। पछि नापीका कर्मचारीले हात जोड्दै गल्ती भएको स्वीकार गर्दै रकम फिर्ता गरेका थिए। नापी कार्यालय गाईघाटबाट खटिएको टोली प्रमुख सुकदेव चौधरी र कार्यालय सहयोगी इन्द्रदेव यादवले सर्वसाधरणबाट रकम लिएको कटारी–७, रिस्कुकी स्थानीय झुकुमाया दनुवारले बताइन्। ‘कुनै पनि कार्यालयमा सेवा लिन १० रुपैयाँको टिकट टाँस्नुपर्नेमा १ सय ५० रुपैयाँ लिएपछि हामीले मेयरुलाई जानकारी दिएका थियौं’ उनले भनिन्, ‘हामीले भनेपछि मेयर साुपले तत्काल फिर्ता गराइदिनुभयो।’ २०२८ साल को गाउँ ब्लकको जग्गा नेपाल सरकारले ०७१।७२ मा नाप नक्सा गरेको थियो। त्यही जग्गाको नक्सा भूल सुधार गरी दर्ता गर्न भन्दै नापीका कर्मचारीले सेवाग्रहीसँग पैसा उठाउने गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com