प्रचण्डको पार्टी एकता गर्न प्रस्ताव ५०।५० प्रतिशत हुनुपर्छ


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

 

पुस १८, माओवादी केन्द्रले एमालेसँग पार्टी र सरकार नेतृत्वका विषयमा ठोस छलफल गर्ने निर्णय गरको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर ठोस छलफल गर्ने बताएका हुन्। ‌

ओलीसँगको भेटमा प्रचण्डले पार्टीको नेतृत्व र प्रधानमन्त्री एउटै व्यक्ति बन्न नहुने धारणा अगाडि सार्ने जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माओवादी नेता मणि थापाका अनुसार बैठकमा प्रचण्डले एकतापछि नेतृत्वमा ५०(५० प्रतिशत हुनु पर्ने धारणा राखेका थिए।

‘सरकारको नेतृत्व उहाँहरूले लिए पार्टीको नेतृत्व हामीले लिने र सरकारको नेतृत्व हामीले लिए पार्टीको नेतृत्व उहाँहरुले लिने ‘फिफ्टीरफिफ्टी को कन्सेप्ट’ हो भन्नुभयो’, थापाले सेतोपाटीसँग भने, ‘छलफल टुङ्गिएको छैन। फास्ट ट्र्याकमा पार्टी एकता गरेर जानुपर्छ भन्ने उहाँको धारणा थियो।’

ओली बिरामी भएकाले पार्टी एकताबारे ठोस कुराकानी हुन नसकेको पनि प्रचण्डले बैठकमा बताएका थिए।

‘केपी ओलीसँग भेटेर छिचोलेर कुरा गर्छौं भनेर अध्यक्ष प्रचण्डले भन्नुभयो’, केन्द्रीय कार्यालयका नेता देवेन्द्र पौडेलले भने, ‘ओलीजी बिरामी भएकाले कुरा हुन पाएको छैन। पार्टी अध्यक्ष, सरकारको नेतृत्वका विषयमा ठोस छलफल हुन बाँकी छ। पहिला हामी दुई जनाले मूर्त कुरा गर्छौँ अनि एकता संयोजन समितिमा कुरा हुन्छ भन्नुभयो।’

माओवादी केन्द्रका नेताहरूले पार्टी नेतृत्व र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्न नहुने बताउँदै आएका छन्। प्रचण्डले पनि बैठकमा सरकारको नेतृत्व र पार्टी नेतृत्व फरक हुनुपर्ने धारणा राखेका हुन्।

प्रवक्ता पम्फा भुषालका अनुसार प्रचण्डले पार्टी एकता गरेरै अगाडि बढ्ने बताएका थिए। प्रचण्डले बैठकमा एकताका लागि सैद्धान्तिक समस्या नहुने बताएका थिए।

‘चुनावी घोषणापत्रको आधारमा तत्काल राजनीतिक समस्या समाधान हुन सक्छ भनेर अध्यक्षले भन्नुभयो’, थापाले भने, ‘वैचारिक विषयमा भने छलफल गर्दै जान सकिन्छ। माओवाद भन्ने कि जनताको बहुदलीय जनवाद भन्ने छलफल गर्दै जान सकिन्छ। पार्टी एकता अगाडि बढ्ने अवस्था छ भन्नुभयो।’

बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको असहमतिका बाबजुद् राष्ट्रिय सभा अध्यादेश जारी गरेर गतिरोध फुकउन भूमिका खेलेको समेत बताएका थिए।

‘गतिरोध तोड्न राष्ट्रिय सभा गठन अध्यादेशमा भूमिका खेलेको विषय उहाँले गर्नुभयो’, बैठकमा सहभागी माओवादी नेता गिरिराजमणी पोखरेलले भने।

प्रचण्डले पार्टी एकताको विषयमा दुई नेताबीचको छलफल पछि मात्र अगाडि बढ्ने बताएका थिए। ‘एकता हुन्छ र एकता गर्ने दिशामा छ भन्ने उहाँको भनाई थियो’, पोखरेलले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com