प्रधानमन्त्रीको पुत्लासहित प्रदर्शन गर्दा विद्यार्थी र प्रहरीबीच झडप


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

पुस १८, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न र सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठनले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ। मंगलबार दिउँसो काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा प्रदर्शनकारी विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ता बोकेर प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको हो।

प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको पुत्लासहित केहीबेर त्रिचन्द्र क्याम्पस अगाडि नाराजुलुस गरे। विद्यार्थीको प्रदर्शन नियन्त्रण गर्न प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। विद्यार्थीको हुललाई प्रहरीले रोक्न सकेन। प्रहरीले पुत्ला खोसेपछि प्रदर्शनकारीको भीडबाट प्रहरीतर्फ ढुंगा प्रहार भयो। त्यसपछि भएको झडपमा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज र अश्रुग्यास हानेको थियो। झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला गम्भीर घाइते भएका छन्।

बर्तौलाको टाउकोमा ५ वटा टाँका लगाइएको छ। यस्तै महासचिव ऐन महर, मदन आश्रित कलेज गोठाटारका अध्यक्ष धर्मेन्द्र केसी र विश्वभाषा क्याम्पसका नेता शेखर बोहरा घाइते भएका छन्। घाइतेहरुको खुट्टा, हात, ढाडमा चोट लागेको छ। उनीहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको अनेरास्ववियुका सचिवालय सदस्य नरेश रोकायले जानकारी दिए। झडपमा १ जना प्रहरीसमेत घाइते भएका छन्। झडपपछि पनि विद्यार्थीहरुले लामो समय सरकार र निर्वाचन आयोगविरुद्ध नाराबाजी गरे।

अनेरास्ववियुका महासचिव ऐन महरले निर्वाचन परिणाम घोषणा गर्न, अहिलेको सरकार छाड्न तथा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै गरिएको शान्तिपुर्ण आन्दोलनमाथि सरकारले दमन गरेको बताए। हामी शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका थियौं। शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राखिरहेका बेला हामीमाथि सरकारले दमन गर्‍यो, उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com