तीस करोडको कारोबार गर्दै राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

पुस १८ बुटवल– रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालित १४ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ मा रु ३० करोडको कारोवार भएको छ । करिब छ लाख २५ हजार दर्शकले अवलोकन गरेको प्रर्दशनीमा लक्ष्य भन्दा रु १० करोड बढी कारोबार भएको जनाइएको छ ।

प्रदर्शनीको कृषि र प्रविधिका स्टलहरूमा दर्शकले चासोपूर्वक अवलोकन गर्नुका साथै स्वरोजगार बन्नेतर्पm चासो राखेको आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले बताए ।

यही पुस ६ गतेदेखि शुरु भएको प्रर्दशनीको आज समापन गर्दै प्रदेशसभा सदस्य लीला गिरीले प्रर्दशनीले यस क्षेत्रको औद्योगिक विकासमा टेवा पुगेको बताए । उनले औद्योगिक प्रदर्शनी स्वदेशी उद्योगको विकास र प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रदर्शनीको ज्याक्वर प्रदर्शनी आइडल–२०७४ ९सिजन ५० प्रतियोगिताको उपाधि सुशील आचार्यले प्राप्त गरेका छन् । उनले उत्कृष्ट तीन प्रतिस्पर्धी निरज थापा र आकाश झालाई पछाडि पार्दै प्रदर्शनी आइडल सिजन फाइभको उपाधि कब्जा गर्न सफल भएको आयोजक समितिले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपाधि विजेता सुशील आचार्यले नगद पुरस्कार रु एक लाख ११ हजार १११ सहित विभिन्न पुरस्कार प्राप्त गरे । आइडलको दोस्रो उपाधि निरज थापाले प्राप्त गरे । उनले रु ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरे भने आकाश झाले रु ३३ हजार ३ सय ३३ नगद पुरस्कारसहित तेस्रो उपाधि प्राप्त गरे ।

यसैगरी ज्याक्वर प्रदर्शनी आइडल–२०७४ ९सिजन ५० को अन्तिम कार्यक्रममा नेपालका चर्चित कलाकार र अभिनेता सुनिल थापाको प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रदर्शनी मूल आयोजक समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, ज्याक्वर इण्डष्ट्रिजका प्रवन्ध निर्देशक महेश थैव, प्रदर्शनी आइडलका संयोजक तिलक नेपालीलगायतले आयोजनाको ऐतिहासिक पृष्ठभूमि र महत्वबारेमा धारणा राखेका थिए ।

प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, आरसिआई ट्यालेण्ट हन्ट प्रतियोगिता, प्रथम आरसिआई कप भलिबल प्रतियोगिता, लोकनृत्य प्रतियोगिता,प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्र, आकर्षक रेष्टुरेन्ट र कृषि ग्राम सञ्चालन भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com