विवेकशील साझाको प्रधानमन्त्रीलाई प्रश्नः सत्ता लम्ब्याउने खेल त भइरहेको छैन ?


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

पुस १७, काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहज सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै विवेकशील साझाले निर्वाचनपछि जाँदै गरेको सरकारले दुरगामी महत्वको निर्णय गरेकोमा असन्तुष्टि जनाएको छ ।

चुनावपछि जाँदै गरेको सरकारको प्राथमिक कर्तव्य नयाँँ सरकार गठनका लागि अनुकुल वातावरण बनाउँदै भएको भन्दै उसले भनेको छ, ‘यस्तो वातावरण तयार गर्न प्रयास गर्नुको साटो मन्त्रिपरिषद्ले दुरगामी महत्वको निर्णय गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान दिँदा कतै सत्ता लम्ब्याउन खेल त भइरहेको छैन भन्ने प्रश्न खडा भएको छ ।’

प्रधानमन्त्रीले सहज सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गरेर यसको जवाफ दिनु पर्ने उसले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति विवादमाथि रहनु उपयुक्त

विवकेशील साझा पार्टीले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश प्रकरणमा राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।

राष्ट्रपतिलाई नै विवादमा पार्ने गरी दलहरुले अडान राखेको र राष्ट्रपतिले पनि संविधान बाहिरको निकायबाट सल्लाह लिई सरकारको निर्णयमा बाधा पुर्‍याउनु उचित नभएको उसले बताएको छ ।

विवेकशील साझा पार्टीले भनेको छ, ‘संविधानले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्रको रुपमा परिकल्पना नगरेको हुँदा यो संस्था विवादभन्दा माथि रहनु उपयुक्त हुन्छ ।’

यद्यपि ढिलै भए पनि अध्यादेश जारी भएको र राजनीतिक गत्यावरोध अन्त्य भएकोमा स्वागत गरेको छ ।

राष्ट्रियसभामा प्रवुद्ध नागरिकलाई पठाऔं

विवेकशील साझा पार्टीले राष्ट्रियसभालाई कार्यकर्ता व्यवस्थापनको थलो नबनाउन आहृवान गरेको छ ।

राष्ट्रिय जीवनमा ख्याति कमाएका प्रभुत्व नागरिकहरुको उपस्थिति होस् भन्नेमा ध्यान दिन आग्रह गर्दै उसले भनेको छ, ‘यस्तो सभाले नै आवश्यक पर्दा राष्ट्रिय हितलाई सर्वोपरी राखी मुलुकलाई दिशानिर्देश गर्ने हैसियत राख्छ भन्ने हाम्रो विश्वास छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com