हाटबजार नहुँदा किसान समस्यामा


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

 

पुस १७, तम्घास,  गुल्मी सदरमुकाम तम्घासमा हाटबजार नहुँदा किसान समस्यामा परेका छन्। गाउँमा उत्पादित तरकारी बिक्री गर्न संकलन केन्द्र नहुँदा समस्या हुने गरेको गुनासो उनीहरूको छ। वर्षौंदेखि किसानले हाटबजार सञ्चालन गर्न माग गरे पनि सुनुवाइ हुन सकेको छैन।

पछिल्लो समय सदरमुकाममा सर्वसाधारणको चाप बढ्दै गएको छ। हाटबजारको अभावमा सर्वसाधारणले ताजा तरकारी खरिद गर्न पाएका छैनन्। शनिबार एक दिन हाटबजार सञ्चालन गर्न उपभोक्ताले माग गरेका छन्। फुर्सदिलो समय भएकाले शनिबार हाटबजार सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।

‘हाटबजार नहुँदा ताजा तरकारी खरिद गर्न पाएका छैनौं, रेसुंगा नगरपालिका(२ मिलनचोककी बेलकुमारी खत्रीले भनिन्, ‘यति ठूलो बजारमा हाटबजार छैन। उनले विदाको दिन हाटबजारमा गएर आवश्यकता अनुसारका सामग्री खरिद गर्ने उपयुक्त ठाउँ नभएको गुनासो गरिन्। खत्रीका अनुसार शनिबार नियमित बजारसमेत बन्द हुने गरेको छ। गुल्मी उद्योग वाणिज्य संघले शनिबार बजार बन्द गर्दै आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाटबजारमा सबै सामान पाइने र एकै ठाउँबाट किनमेल गर्न सजिलो हुने स्थानीय चन्दा घिमिरेको आशा छ। ताजा तरकारीदेखि घरायसी सामानसमेत पाइने हुँदा हाटबजार सञ्चालन गर्नु पर्ने उनको माग छ। ‘हाटबजार भए गाउँको ताजा तरकारी पाइन्थ्यो, उनले भनिन्, ‘एकैदिन ठाउँबाट सबै सामान किनमेल गर्ने ठाउँ भएन । सदरमुकाममा हाटबजार सञ्चालन भए उत्पादक, क्रेता बिक्रेताको सम्बन्ध हुने उनले बताइन्।

झन्डै पाँच वर्ष अघिसम्म सदरमुकामस्थित चिदीचौरमा हाटबजार सञ्चालन गरिए पनि हाल उक्त स्थानलाई खेलमैदानको रूपमा प्रयोग गरिएको छ। उपयुक्त स्थानको छनोट गरी छिट्टै हाटबजार सञ्चालन गर्न किसानको माग छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com