युवालाई व्यावसायिक बनाउन चार लाख ४० हजार


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि रु चार लाख ४० हजार अनुदान रकम प्रदान गरेको छ ।

विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर माथि उठान युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाका छ वटै वडाका ११ युवालाई रु ४० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो ।

“अठारदेखि ५० वर्ष मुनिका व्यक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउनका लागि अनुदान रकम प्रदान गरेका छौँ”, कृषि शाखाका प्रमुख एकराज वलीले भन्नुभयो ।

अनुदान रकम परिचालन गरी पाँच बिगाहा भन्दाबढी जग्गामा काउली, बन्दागोभी, खुर्सानी, आलु, बेमौसमी काँक्रालगायतको खेती गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकामा आठ वटा तरकारी, अन्न र नगदे बालीका पकेट क्षेत्र सञ्चालन गरिएको छ ।

प्रतिपकेट क्षेत्र सञ्चालनका लागि रु तीन लाखका दरले गरी रु २४ लाख रकम परिचालन गरिएको छ ।

पकेट सञ्चालन भएका क्षेत्र र युवा स्वरोजगार कार्यक्रम सञ्चालन भएका किसानलाई सिँचाइको सुविधा उपलब्ध गराउनका लागि गाउँपालिकाले साना सिँचाइ कार्यक्रमअन्तर्गत बोरिङ जडानका लागि १० वटा समूहलाई रु ६० हजारका दरले रकम उपलब्ध गराउने योजना अघि सारेको शाखा प्रमुख वलीले बताउनुभयो । जनप्रतिनिधि आएपछि मात्रै गाउँपालिकामा व्यावसायिक तरकारी खेती र नगदेबालीका लागि अनुदान रकम उपलब्ध गराइएको पहिलोपटक हो ।

अनुदान रकमको सदुपयोग गरी युवाले स्वदेशमै रोजगारी पाउने र व्यावसायिक बनी आर्थिक अवस्थामा सुधार ल्याउने छन् गाउँपालिकाका प्रमुख मदनसेन वडायकले भन्नुभयो, “कार्य गर्न उत्साही युवालाई सहयोग गर्न सधैँ तत्पर रहेका छौँ ।”

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com