ऊर्जा दक्षताका निम्ति नेपाललाई ५४ करोड बढी अनुदान


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

संघीय गणतन्त्र जर्मनीले तेस्रो चरणको ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ५४ करोड ४५ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र यहाँस्थित जर्मनीको प्राविधिक सहयोग नियोग (जिआइजेड) का देशीय निर्देशक इल्के फोस्टरले हस्ताक्षर गर्नुभयो ।

सन् २०१० देखि उक्त कार्यक्रममा सहयोग गर्दै आएको जर्मनीले नेपालको दिगो ऊर्जा विकासका क्षेत्रमा निरन्तर आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

आगामी तीन वर्षमा मुलुकको राष्ट्रिय ऊर्जा, दक्षता, कार्ययोजनाको प्रारुप तयारी, नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणालीमा सुधार तथा चुहावट नियन्त्रण, प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्को पाठ्यक्रममा ऊर्जा दक्षतालाई समावेश गर्ने, सार्वजनिक तथा निजी क्षेत्रका पूर्वाधारहरुमा ऊर्जा दक्षता प्रवद्र्धनलाई उक्त कार्यक्रमले समेटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ऊर्जा मन्त्रालयको अगुवाइमा त्रिभुवन विश्वविद्यालय, विद्युत् विकास विभाग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, नगर विकास कोष र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा उक्त कार्यक्रम कार्यान्वयन हुनेछ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com