खुसीको खबर अब जन्मदर्ता प्रमाणिकरण अब अस्पतालबाटै पुरा पढ्नुहोस्


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा डिजिटल सफ्टवेयर मार्फत जन्मदर्ता गरेर सुनसरीको धरानमा अभिलेखिकरण गर्ने काम सुरु भएको छ । प्रविधिको विकाससँगै अब नवजात शिशुको जन्म दर्ताका लागि अभिभावकहरुले उपमहानगरपालिकाको कार्यालय सम्मै धाउन नपर्ने भएको छ ।

पछिल्लो समयमा अधिकांश गर्भवतीले अस्पतालमै बच्चा जन्माउने भएकाले प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागले शिशु जन्मनासाथ आमा, बाबु र ठेगाना समेत तोकेर यकिन समय सहितको जन्म दर्ता गर्न सुरु गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदीले बताउनुभयो ।

संघीय मामिला तथा स्थानीय विकास केन्द्रीय पञ्जिकरण विभाग, काठमाडौंको अभियान अन्तर्गत अस्पतालमा जन्मेको बच्चाको जन्मदर्ता गर्ने काम पहिलोपटक प्रदेश नंं १ को धरानबाट शुरुवात गरेको सुवेदीले बताउनुभयो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले डिजिटल सफ्टवेयरको माध्यमबाट दर्ता गरिएका अभिलेख धरान उपमहानगरपालिकाको पञ्जिकरण शाखामा समेत स्वत: रेकर्ड रहने भएकोले पनि यो प्रविधि प्रभावकारी हुने बताउनुभयो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com