खाना पकाउने ग्यास अब चार सय रुपैयाँ सस्तोमा पाइने


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

खाना पकाउने एलपी ग्यासमा परनिर्भर रहेको नेपालमा प्रतिसिलिण्डर ४ सय सस्तो ग्यास पाईने भएको छ । पहिलोपटक रूपन्देहीका उद्योगीको प्रयासमा वायोग्यासको व्यवसायिक सफल उत्पादनपछि यस्तो सम्भावना बढेको हो । नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले शुरु गरेको खानापकाउने ग्यास प्रतिसिलिण्डर ९ सयमा बिक्री गर्ने तयारी छ । अहिले बजारमा एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय पचास छ ।

झण्डै २२ करोडको लागतमा फोहोरबाट ग्यास निकाल्ने उद्योगले गएको हप्तादेखी व्यावसायिक उत्पादन शुरू छ । उद्योगले स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर कुखुराको सुली, भान्छाबाट निस्कने फोहरलगायतबाट ग्यास उत्पादन गर्न थालेको छ । जर्मन प्रविधिबाट निर्मित वायोग्यासउद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी अहिले दैनिक ८० सिलिण्डर ग्यास उत्पादन भइरहेको छ ।

। उद्योगले हाल व्यावसायिक प्रतिष्ठानका लागि मात्र विक्री शुभारम्भ गरेको भएपनि छिट्टै घरायसी प्रयोजनका लागीसमेत बिक्री थाल्नेछ । पहिलो चरणमा व्यावसायिक विक्री शुभारम्भ गरेको उद्योगले विगत ३ महीनादेखि भैरहवामा रहेको वामा तन्दुर्स र केपीएम चाइल्ड सेण्टरको किचनमा ग्यासको परीक्षण गरेको बताएको छ । प्रतिसिलिण्डर १० किलो ग्यास रहने र उक्त ग्यासको प्रतिकेजी मूल्य ९० रुपैयाँ पर्ने जानकारी दिएको छ । यो उद्योगको क्षमता डेढ सय सिलिण्डर छ ।

एउटा सिलिण्डरमा दश किलो ग्यास रहन्छ । उद्योग सञ्चालकका अनुसार यसको सफलतासँगै अन्य स्थानमा समेत यस्तै उद्योग खोल्ने तयारी छ । चितवनमा अर्को उद्योग खोल्ने तयारी शुरु भईसकेको छ भने अन्य केही स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले व्यवसायिक क्षेत्रलाई मात्रै ग्यास बिक्री भइरहेको भएपनि अर्को उद्योगको उत्पादन शुरु भएसँगै प्रतिकिलो ९० रुपैयाका दरले अन्य स्थानमा समेत उद्योग खोल्ने तयारी छ ।यसरी फोहोरबाट उत्पादित ग्यास एलपिजी ग्यासको तुलनामा सुरक्षित र सस्तो रहेको डा अभिनव अग्रवाल बताउछन । करिव तीन विघा क्षेत्रफलमा स्थापना उद्योगले १५ विघा जग्गा भाडामा लिएर मकै खेती लगाएको छ ।

सञ्चालक अग्रवालका अनुसार मकैलाई ग्यासको कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ । सोही उद्योगको आवश्यकतालाई मध्येनजर गरि वार्षिक तीनदेखि चार पटक उत्पादन हुने विशेष खालको मकै खेती गरिएको हो । कम्पनीले विभिन्न नगरपालिकासँग समेत समन्वय गरेर कुहिने फोहोर जम्मा पारेर ग्यास उत्पादनलाई अघि बढाउने योजना समेत बनाएको छ । उद्योगमा चार जना इन्जिनियर र पचास जनाले रोजगारी पाएका छन् । अहिले एलपी ग्यासको प्रतिसिलिण्डर बजार मुल्य १३ सय बढि भएपनि यसरी उत्पादन हुने ग्यासको मुल्य प्रतिसिलिण्डर बढिमा ९ सय हुने अनुमान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com