हिन्दू धर्ममा विधवा सेतो कपडा यस कारण लगाउँछन्


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

 

पुस १३, काठमाडौं — प्राचीन ग्रन्थमा सेतो रंगलाई शुभ मानिएको छ तर समय परिवर्तन हुँदै जाँदा मानिसहरूले यो रंगलाई मांगलिक कार्यमा प्रयोग गर्न छोडे । प्राचीनकालमा सबै प्रकारका मांगलिक कार्यमा सेतो रंग नै प्रयोग गरिन्थ्यो । पुरोहितहरू पनि सेता लुगा लगाउँथे ।

तर पछि अन्य रंगहरू मांगलिक कार्यमा प्रयोग हुन थाले र बिस्तारै सेतोलाई प्रतिस्थापन गर्न थाले । मृत्यु चाहिँ अमंगलको सूचक हो त्यसैले मृत्युसंस्कारमा सेतोको प्रयोग रहिरह्यो । अनि महिलाप्रतिको विभेदकारी नीतिनियमका कारण महिलाले चाहिँ विधवा भएमा जीवनपर्यन्त सेतो वस्त्र लगाउनुपर्ने, पुरुषले चाहिँ विधुर भएमा जस्तो लुगा लगाए पनि हुने चलन चलाइयो ।

तर वेदमा विधवा स्त्रीलाई पुनर्विवाहको छुट छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदीर्ष्व नार्यभि जीवलोकं गतासुमेतमुप शेष एहि।
हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि सम्बभूथ।
अर्थात्, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसको यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट उक्त स्त्रीलाई छ ।

आजकल त मानिसहरूको सोचमा परिवर्तन आइसकेको छ । विधवालाई पनि समाजमा यथोचित सम्मान दिन थालिएको छ । विधवाहरू पनि रंगीन वस्त्र लगाउने अनि पुनर्विवाह गर्ने गरिरहेका छन् ।

तैपनि सेतो वस्त्र लगाउनुका पछाडि केही कारणहरू छन् । खासमा सेतो रंग भनेको अन्य रंगहरूको अनुपस्थिति हो । आफ्नो आमाबुवाको घर छोडेर पतिको घर जाने महिलाका लागि पति महत्वपूर्ण व्यक्ति हो । त्यही पतिको मृत्युका कारण जीवन रंगहीन भएको महसूस गर्ने महिलाले सेतो लुगा लगाउनु उपयुक्त नै हो ।

सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा ।

सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकता मोह देखाउँछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com