के भन्यो माओवादी केन्द्रले ,किन यस्तो भन्दै छ ?


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

नेकपा माओवादी केन्द्रले प्रमुख तीन दलबीच सम्झौता गरेर राजनीतिक गाँठो फुकाउने प्रस्ताव अघि सारेको छ ।
राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपति कहाँ अड्किएको छ भने कांग्रेस र एमाले आ–आफ्नै अडानमा छन् । मध्यमार्गी देखिएको माओवादीले अब औपचारिकरुपमा राजनीतिक सहमति गरेर निकास खोज्ने विकल्प अघि सारेको छ । राजनीतिक सहमति नखोज्ने हो भने शेरबहादुर देउवा नेतृत्वको सरकार लम्बिरहने माओवादीको निष्कर्ष छ ।

माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकले निर्वाचन आयोगसँग छलफल गर्ने निर्णय गरेको छ । आयोगले अहिलेसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक गरेको छैन र किन नभएको पनि बताएको छैन ।

माओवादी एक नेताले भने, ‘यदि कानुनी जटिलता हो भने भन्नुपर्‍यो, होइन भने राष्ट्रपतिलाई निर्वाचन परिणामको रिपोर्ट बुझाउनुपर्छ । तर, आयोग नालायक देखियो ।’

एक नेताका अनुसार आयोगले समानुपातिकतर्फ कुन दलले कति सिट पायो र त्यसमा कति महिला सिफारिस गर्नु पर्ने हो तोकेर दलहरुलाई पत्र पठाउन सक्ने अवस्था छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैले अब अध्यादेश, नयाँ सरकार गठनबारे प्रमुख तीन दल एमाले, कांंग्रेस र माओवादीको बीचमा सम्झौता गर्नु पर्ने माओवादीको प्रस्ताव छ ।

‘राजनीतिक सम्झौता भएको अवस्थामा राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश अघि बढ्न सक्छ । साथै प्रदेश प्रमुखहरुको नियुक्तिका सन्दर्भमा पनि सहमति खोजिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com