वर्षमान पुनको पहलमा नयाँ घर बन्ने


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

जनयुद्धमा एकमात्र छोरालाई गुमाएका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिले सहिद परिवारले राज्यबाट पाउने राहत रकम दश लाख प्राप्त समेत गरेका छन् भने उनहरुका लागी नयाँ घर बन्ने भएको छ ।

बीबीसी साझा सवालमा मंगले बुढाले झुपडीमा बसेर सहिद परिवारले पाउने रकम आफूहरुले नपाएको बताएका थिए ।

मंगले दम्पत्तिको कुरा सुनेर निवर्तमान सभामुख ओनसरी घर्तीले आँशु थाम्न नसकेको र रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भावुक हुँदै घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएका छन् ।

मतदाताहरुलाई धन्यवाद दिएर काठमाडौं फर्किएका अनन्तले मंगले घर निर्माणको घोषणा गरेका छन् । उनले सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मंगलेको घर निर्माण गर्न लागेका हुन् । अनन्त माघ २ मा जेलबाङ पुगेर मंगले बुढा दम्पत्तिको लागि घर निर्माण गर्न शिलान्यास गर्ने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनन्तकै पहलमा राज्यबाट सहिद परिवारले पाउनुपर्ने सबै रकम मंगले परिवारले पाएको छ । मंगलले सहिद परिवारले पाउने राहत रकमको पाँच लाख रुपियाँ २ पुसमा बुझेका छन् । पाँच लाख भने उनले विभिन्न किस्तामा पहिल्यै बुझिसकेका छन् । ‘उहाँले पाँच लाख बुझ्न बाँकी रहेछ, त्यो २ पुसमा बुझ्नुभएको छ,’ नेता अनन्तले भने, ‘पाँच लाख विभिन्न चरणमा पहिल्यै बुझिसक्नुभएको रहेछ ।’

प्रमुख जिल्ला अधिकारी डा‍।डिजन भट्टराईले मंगले बुढाले २ पुसमा ५ लाख बुझेको पुष्टि गरे ।

‘असार २२ गते आफै आएर निवेदन दिनुभएको थियो । असार २६ गते नै उहाँहरुले पाउनुपर्ने पाँच लाख रकम उहाँहरुको पुरानो खातामा पठाईसकिएको थियो । तर बीचमा उहाँहरु आउनुभएन,’ प्रजिअ भट्टराईले भने, ‘पुस २ गते आएर पाँच लाख बुझ्नुभएको छ ।’

साझा सवालमा वरिष्ठ नेता अनन्तले ‘सहिद परिवारले पाउने १० लाख पाउनुभयो की भएन रु’ भनी सोध्दा मंगले बुढाले ‘पाको छैन’ भन्ने जवाफ दिएका थिए । उनको जवाफले अनन्त र ओनसरी भावुक बनेका थिए । तर उनले पाँच लाख यसअघि बुझिसकेका रहेछन् ।

‘बुढापाका खामभाषीलाई नेपाली भाषाको केहीं समस्या हुन्छ, प्रश्न गर्दा सरकारबाट पाउने राहत रकम भन्ने नभई अरु कुनै रकम पाउने पो हो की भन्ने मानेर रकम नपाएको भन्ने जवाफ दिएको पाईयो,’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विकले भने, ‘तर उहाँहरुले पाँच लाख पहिल्यै विभिन्न किस्तामा बुझिसक्नुभएको रहेछ । २ पुसमा थप पाँच लाख बुझ्नुभएको छ ।’

मंगलेका एकमात्र छोरा भुवन बुढा २०५३ पुसमा राज्यपक्षबाट मारिएका थिए । पूर्णकालीन कार्यकर्ता भई तत्कालीन नेकपा माओवादीको गाउँ कोर्डिनेशन कमिटिको सदस्य रहँदा उनी साविक सेरम गाविसको झंकी गाउँमा प्रहरीबाट मारिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com