पूर्वाञ्चलमा पाँच करोडभन्दा बढी युनिट विद्युत् चुहावट


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

पुस १३, नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ ।

प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ । पाँच करोड ३८ लाख ७० हजार ७७९ युनिट विद्युत् खेर गएको पाइएको छ ।

आव २०७३÷७४ मा कूल ८९ करोड ७३ लाख ७० हजार ३८३ युनिट विद्युत् प्राप्त भएकामा ७३ करोड ८९ लाख ९९ हजार ८१३ युनिट विद्युत् बिक्री गरेको थियो । सो अवधिमा पनि १५ करोड ८३ लाख ७० हजार ५७० युनिट विद्युत् खेर गएको पाइएको छ । चुहावटमा मात्रै करोडौँ मूल्य बराबरको विद्युत् खेर गइरहेको प्राधिकरणले जनाएको छ ।

इनरुवा र रंगेलीमा सबैभन्दा बढी चुहावट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहत रहेका इनरुवा र रंगेली वितरण केन्द्रमा सबैभन्दा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

प्राधिकरणले गरेको आन्तरिक अध्ययनका क्रममा ती दुवै वितरण केन्द्रमा ३६ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको हो । पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा १७ वटा वितरण केन्द्र रहेका छन् । समग्रमा सो क्षेत्रको विद्युत् चुहावट १७।६५ प्रतिशत रहेको भए पनि केही वितरण केन्द्रमा भने अत्यधिक मात्रामा विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

प्राधिकरणले चालू आवको अन्त्यसम्म उक्त क्षेत्रीय कार्यालय मातहतका निकायको विद्युत् चुहावटलाई तीन प्रतिशतले घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत कात्तिक मसान्तसम्म कूल चुहावट घटाएर १५।९२ बिन्दुमा झारेको छ । विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रमा १७।६५ प्रतिशत चुहावट हुने गरेको छ ।

प्राधिकरणका अनुसार दुहवी वितरण केन्द्रमा ८।९ प्रतिशत, खाँदबारी र भोजपुर वितरण केन्द्रमा नौ प्रतिशत चुहावट हुने गरेको छ । विराटनगर वितरण केन्द्रमा १४, भद्रपुरमा १६, अनारमणिमा २२, इलाममा २४, बेलबारीमा २६, तेह्रथुममा १७, धरानमा ११ र धनकुटामा २० प्रतिशत चुहावट हुने गरेको छ ।

चुहावट नियन्त्रणका लागि शहरी क्षेत्रमा नेपाल प्रहरीको सहयोगमा द्रुत टोली परिचालन गरिएको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख ब्रजभूषण चौधरीले जानकारी दिए । उनका अनुसार विद्युत् महसुल नबुझाएका ग्राहकको गत कात्तिक मसान्तसम्म लाइन काटेर कारबाही गर्दा रु ३९ करोड रकम उठेको छ ।

यस्तै विद्युत् चोरीमा संलग्न ५७ जनालाई कारबाही गरिएको छ । चुहावट नियन्त्रण अभियान चलाएपछि मात्रै रु २३ लाख तीन हजार २२७ रकम उठेको छ । यस्तै प्राधिकरणले ४८३ वटा हुुकिङ सामग्री र १०९ वटा अन्य उपकरणसमेत जफत गरेको छ ।

बढी ओभरलोड

प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहतका विभिन्न कार्यालय, वितरण केन्द्र, सवस्टेशनमा बढी ओभरलोड हुने गरेको पाइएको छ । प्रमुख चौधरीका अनुसार धनकुटाको तिरतिरे सवस्टेशनमा बढी ओभरलोड हुने गरेको छ भने अन्य स्थानमा भोल्टेजमा समस्या आउने गरेको छ ।

धरान–धनकुटा– तिरतिरे ३३ केभी प्रसारण लाइनमा फिडरका जम्पर टुट्ने तथा कन्डक्टर पग्लने गरेको छ । ओभरलोडका कारण उक्त प्रसारण लाइनमा बढी प्राविधिक चुहावट हुने गरेको छ ।

तिल्केनी र ताप्लेजुङ ३३ केभी प्रसारण लाइनमा १९ मेगावाट क्षमताको विद्युत् प्रवाह गराउँदासमेत समस्या आएको छ भने झापाको १३२ केभी पाडाजुङ्गी सवस्टेशनमा पनि ओभरलोड हुने गरेको छ । दुहवी ग्रिडमा ओभरलोडका कारण ट्रान्सफर्मरको समस्या आउने गरेको छ ।

विराटनगर क्षेत्रीय कार्यालय मातहत हाल पाँच लाख ३२ हजार ३६१ ग्राहक रहेका छन् भने औद्योगिक ग्राहकको संख्या छ हजार ८९२ रहेको छ । व्यापारिक ग्राहक दुई हजार ९४९ रहेका छन् । उक्त क्षेत्रीय कार्यालय मातहत भारतबाट १३५ मेगावाट विद्युत् आयात भइरहेको छ भने पूर्वा खोलाबाट तीन, काबेली करिडोर र संखुवासभा तिरतिरे सवस्टेशनबाट २७ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।

मेची र कोशी अञ्चलमा हाल १४ आयोजनाबाट १०२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । सानिमा माई २२ मेगावाट, सानिमा क्यास्केड सात मेगावाट, अपर माई र अपर माई क्यास्केड गरी १६ मेगावाट, हेवाखोला १५ मेगावाट क्षमताका आयोजना ठूला आयोजना हुन् । चतराको सुनसरी जलविद्युत् आयोजना भने हाल बन्द छ । सो आयोजनाबाट ३।२ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता असुल गर्न र विद्युत् चोरीमा संलग्नलाई कडा कारबाही गर्न क्षेत्रीय प्रमुख तथा वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com