स्कूलमा कुनै ठाउँमा गुरु हुन्छ्न त कुनै ठाँउमा गोरु शिक्षकले गरे स्कुलमै बलात्कार, चिठीमा सबै घटना लेखेर विष पिइन् छात्राले


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

भारत :- आफ्नै शिक्षकले स्कुलमै आफूलाई बलात्कार गरेपछि ९ कक्षामा अध्ययनरत एक छात्राले विष पिएर आत्महत्याको प्रयास गरेकी छिन् । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ । शिक्षकले धम्की दिएका कारण ती किशोरीले २ दिनसम्म यो कुरा परिवारसँग लुकाएर राखेकी थिइन् । गत शनिबार उनले एउटा चिठीमा शिक्षकको सबै कर्तुत लेखेर आत्महत्या गर्नको लागि विष पिइन् । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ

भारतको उत्तर प्रदेश राज्यको ललितपुर जिल्लामा रहेको अम्बेडकर इन्टर कलेजमा ९ कक्षामा पढ्ने १३ वर्षकी ती छात्राका अनुसार ती शिक्षकले २० डिसेम्बरका दिन उनलाई बलात्कार गरेका हुन् । दिउँसो १२ बजे उनी शौचालय गएको बेला अंग्रेजी शिक्षक राजकुमार भनिने कल्लु महाराज त्यहीँ आएर उनलाई शौचालयमै जबरजस्ती बलात्कार गरेका थिए । उनले चिच्याउन खोज्दा ती शिक्षकले मुख बन्द गरेर मारिदिने धम्की दिएका थिए ।

ती किशोरीकी आमाका अनुसार उनी स्कुल ल विदा भएपछि घर पुगे पनि २ दिनसम्म परिवारलाई केही बताइनन् । २३ डिसेम्बरका दिन बिहान ५ बजे उनले आफूसँग भएको सबै घटना चिठीमा लेखेर उनले घरमा राखिएको कीटनाशक औषधी खाइन् । उनलाई तत्काल अस्पताल भर्ना गरियो । अहिले उनको उपचार भइरहेको छ । प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com