यस्तो छ आइफोन तयार गर्ने ठाँउ (फोटो फिचर)


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

तपाईको हातमा आइफोन छ भने आइफोनको पछाडि लेखिएको हुन्छ – ‘डिजाइन बाई एप्पल इन क्यालिफोर्निया, एसेम्बल्ड इन चाइना’ । हो, चीनमा रहेको पेगाट्रोन कम्पनीमा आइफोन तयार हुन्छ । यो कम्पनीमा झण्डै ५० हजार कर्मचारीहरु कार्यरत छन्, जसले आइफोन बनाउँछन् । एप्पल कम्पनीका लागि आइफोन बनाउने यो ठाउँभित्र जान कर्मचारी बाहेक अरुका लागि निकै कडा छ । कर्मचारीहरुले पनि परिचयपत्र र अनुहार स्क्यान गरेरमात्र भित्र छिर्न पाउँछन् । गुलावी कपडा, टाउको ढाक्ने निलो टोपी र चप्पल लगाएका कर्मचारीहरु हरेक बिहान फर्मेशनमा उभिएर हाजिर गर्दै काम सुरु गर्छन् । ९० वटा फुटवल फिल्ड जत्तिकै ठूलो क्षेत्रमा रहेको कम्पनीमा कार्यरत कर्मचारीहरुले एप्पलका आउँदै गरेका उत्पादनबारे सुचना बाहिर चुहाउनबाट रोक्न कडा प्रविधि अपनाइने गरेको छ । चाइना लेवर वाचका अनुशार यो कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब निकै कम रहेको छ । उनीहरुको एकमहिनाको तलब जम्मा २ सय ३० पाउण्डमात्र रहेको छ । आइफोन बनाइने चाइनाको कम्पनीभित्रका केही तस्विरहरु । यी तस्विरहरु गेटी इमेजबाट साभार गरिएका हुन् ।

3383a0ac00000578-3557310-image-a-30_1461574525195 3383a1c800000578-0-image-a-24_1461574437200 3383a1cc00000578-0-image-a-21_1461574413414 3383a02f00000578-3557310-image-a-35_1461574541911 3383a04e00000578-3557310-image-a-43_1461574608383 3383a00600000578-0-image-a-16_1461574373074 3383a02600000578-3557310-image-a-33_1461574535245 3383a06000000578-0-image-a-8_1461574226550 3383a07000000578-3557310-image-a-44_1461574625494 3383a09800000578-3557310-image-a-46_1461574634624 3383a13800000578-0-image-a-27_1461574456560 3383a17800000578-0-image-a-22_1461574419391 33839ce800000578-3557310-image-a-49_1461574668421 33839d0b00000578-3557310-image-a-40_1461574589875 33839d6b00000578-0-image-a-28_1461574482160 33839d0300000578-3557310-image-a-37_1461574565261 33839d4300000578-0-image-a-7_1461574219080 33839e9300000578-0-image-m-3_1461574147078 33839ec300000578-0-image-a-11_1461574304735 33839efb00000578-0-image-a-4_1461574167074 33839f6300000578-0-image-a-15_1461574356336 33839f9100000578-0-image-a-13_1461574319756

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com