यस्ता छन् काठमाडौंका विद्यालयमा बम राख्नेका माग


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

काठमाडौंका विभिन्न विद्यालयमा बम राख्ने अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्यूनिष्ट फोर्स नेपालले नीजि विद्यालय बन्द गर्न चेतावनी दिएको छन् । साथै उनीहरुले नीजि विद्यालयमा सांकेतिक कारवाहीस्वरुप बम राखिएको जनाएका छन् ।

बम बिष्फोटन गराइएको र बम छाडिएको विद्यालयमा भेटिएका अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्यूनिष्ट फोर्स नेपालको संयुक्त अपिल जस्ताको तस्तै ।

आदरणीय जनसमुदाय तथा पत्रकार मित्रहरु

नेपाली विद्यार्थी तथा युवा आन्दोलनले नै नेपाली ऐतिहासिक जनसंघर्षहरु निर्णायक मोडमा पुग्न सफल भएको हो । कालोबजारी, भ्रष्टाचार लगायत राष्ट्रिय स्वाधिनताका पक्षमा बेलाबेलामा खबरदारी गर्ने नेपाली विद्यार्थी तथा युवा आन्दोलनले पुन एक पटक सम्पूर्ण नीजि तथा आवाशीय विद्यालयहरुमा गरिबी आरक्षणकोटा लगायत नौ सुत्रिय मागहरु प्याब्सन र एनप्याब्सन समक्ष राख्दै मिति २०७३ साउन ६ गतेदेखि देशब्यापी शैक्षिक आम हड्तालको आन्दोलनमा हाम्रो संगठन उत्रिएको अवगतै छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कमरेड निर्माण नेतृत्वको माओवादी कम्यूनिष्ट केन्द्र, नेपाल, पार्टीको निकट तथा भातृ संगठनको रुपमा क्रियाशिल हाम्रो यस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्यूनिष्ट फोर्स नेपालले प्याब्सन र एनप्याब्सन समक्ष राखेका ९ सुत्रिय मागहरुलाई वार्ता संवाद र छलफलमार्फत सम्बोधन गर्नको लागि हाम्रो संगठनले कैयन पटक आग्रह गर्दा पनि प्याबसन र एनप्याबसनले वार्ता र संवादका नाममा हामीले उठाएका मागहरुको वेवास्ता गर्ने र सिंगो आन्दोलनलाई षड्यन्त्र गरी तुहाउने प्रहरी धरपकडमार्फत आन्दोलनलाई नियन्त्रण गर्न खोजेको प्रति हाम्रो संगठन स्तब्ध भएको छ । प्याबसन र एनप्याबसनको षड्यन्त्रपूर्ण कदमप्रति खेदप्रकट गर्दै हाम्रो विद्यार्थी तथा यूवा संगठन बाध्य भएर पून आन्दोलनको निरन्तरतामा गएको अवगत गराउँछौं ।

पैसा नभएकै कारणले, गरीब भएकै कारणले नीजि तथा आवासिय विद्यालयको गेटसम्म चियाउन नपाउने, पैसा नभएकै कारणले विद्यालय जान नदीने, पैसा नभएकै कारणले परिक्षा दिन रोक्ने, शैक्षिक प्रमाणपत्र रोक्ने तथा अपहेलीत हुन पर्ने आम उत्पिडितमा परेका गरीब नेपाली जनताका छोराछोरीहरुलाई ससम्मानपूर्वक निशुल्क पढ्ने व्यवस्था देशभरीका सम्पूर्ण नीजि तथा आवासिय विद्यालयले ग्यारेन्टी नगरेसम्म र हाम्रो संगठनले उठाएका मागहरुलाई सम्बोधन नगरेसम्मका लागि देशै भरीका सम्पूर्ण नीजि विद्यालयहरु बन्द गर्ने आब्हान गर्दछौं ।

अनिश्चितकालिन नीजि विद्यालय बन्द नगर्ने तथा आन्दोलनलाई वेवास्ता गर्ने विद्यालयलाई सांकेतीक स्वरुप कारवाही गरिएको र उत्पीडित तथा नेपाली गरिब जनताको एकएक गाँससँग जोडिएका मागहरुलाई वेवास्ता गरेर विद्यालय संचालन गरी गम्भीर क्षति ननिम्ताउनु हुन प्याब्सन, एनप्याब्सन र अभिभावक तथा सरोकारहरुलाई हार्दिक आग्रह गर्दछौं । पुन प्याब्सन र एनप्याब्सन लगायत नीजि विद्यालयहरुलाई अनिश्चितकालिन विद्यालय बन्द गर्नुहुन र अभिभावकलाई आफ्ना छोराछोरी नीजि विद्यालयमा तत्काल नपठाई सहयोग गरिदिनुहुन प्याबसन, एनप्याबसन, नीजि विद्यालय, अभिभावक लगायत शिक्षक, कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी, विभिन्न पेशाकर्मी राजनीतिक दल लगायत आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com