स्कुलमा बम हान्ने पूर्व माओवादी लडाकुहरु पक्राउ


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

काठमाडौं उपत्यकाका विभिन्न स्कुल अगाडि बम राख्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा शंकर लाखे र चन्द्र बहादुर तामाङ रहेका छन् । दुबै माओवादीका पूर्वलडाकुहरु रहेको अनुसन्धानबाट खुलेको र उनीहरुले अपराध स्वीकार गरेको पनि प्रहरीले जनाएको छ ।

घटनाका मूख्य योजनाकार मीन देवकोटा र सुमन श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ । माओवादी कम्युनिष्ट केन्द्र नेपालको भ्रातृ संगठन मोर्चाको रुपमा क्रियाशिल अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ्ग कम्युनिष्ट फोर्सको संलग्नतामा बम राखिएको प्रहरीले जनाएको छ । लाखे, तामाङ र देवकोटा केही महिनाअघि राजधानीमै एउटा विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परेको र अदालतको आदेशमा दुई साताअघिमात्रै छुटेका पटकेहरु भएको पनि प्रहरीले जनाएको छ । मंगलबार विहानै सो समूहले काठमाडौं र ललितपुरका ८ वटा स्कुल अगाडि बम राखेर जनजीवन त्रसित पारेको थियो ।

शान्ति प्रक्रिया पूर्व २०६२ सालमै हतियारसहित भागेका पूर्व लडाकुहरुले गठन गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय आयुक्तको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा एआईजी प्रताप थापाले राजनीतिक आवरणमा अपराध गरिएको बताए । २०६९ सालदेखि राजनीतिक दलको आवरणमा आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानबाट खुलेको थापाले बताए ।

उनले यस्तो आपराधिक क्रियाकलाप गर्ने कसैलाई पनि छुट नभएको बताउँदै जनजीवन त्रसित पारेर चन्दा उठाउन सक्रिय समूह रहेको बताए ।सो समूह २०७१ सालमा कलंकीबाट मन बहादुर चदाराको यार्सागुम्वा लुट्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार रहेका दुई जनासँग पक्राउ परेकाको नियमित फोन सम्पर्क भएकाले उनीहरु पनि छिट्टै पक्राउ पर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com