डा केसीको अनशन एक साताका लागि स्थगित


प्रकाशित मिति : आश्विन ३, २०७३ सोमबार

स्वास्थ्य क्षेत्रका वेथितिविरुद्ध संघर्षरत डा गोविन्द केसीले आज, ३ असोजदेखि शुरु गर्ने भनेको आमरण अनशन १० असोज सम्मका लागि स्थगित गरेका छन् । डा केसीको पछिल्लो (आठौं) आमरण अनशनका तोड्दाका बेला सरकारसँग भएको सहमती कार्यान्वयन गर्ने सरकारबाट लिखित प्रतिवद्धता आएपछि उनले अनशन हालका अनशन लागि स्थगित गरेका हुन् ।

सरकारसँग सहमति हुन नसकेको अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन प्रक्रिया शुरु गर्नुपर्ने मागसमेत व्यवस्थापिका संसदमा १० असोजभित्रै शुरु हुनुपर्ने डा केसीले बताएका छन् ।

प्रेस विज्ञप्ति : 

आदरणीय पत्रकार साथीहरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्र सुधारका लागि हामीले लामो अभियान चलाउँदै आएकोमा बारम्बार राज्यसित सम्झौता हुने गरेको यहाँहरुलाई थाहै छ । तर ती सम्झौताको कार्यान्वयन पक्षमा राज्य पक्ष इमान्दार देखिएको छैन।

आठौ सत्याग्रहका क्रममा भएका सम्झौताहरु कार्यान्वयनका हामीले औपचारिक र अनौपचारिक रुपमा विभिन्न तहमा राज्यलाई झक्झक्याउने काम निरन्तर गर्दै आएका छौं । खास गरी हाम्रा मागहरु संसदसग प्रत्यक्ष रुपमा सरोकार राख्ने भएकोले, विभिन्न राजनीतिक दलका नेताहरु तथा सांसदहरुसग हामि सम्बादमा छौ ।
पटक पटक दिइने आस्वासनका बाबजुद, राज्यले सम्झौता कार्यान्वयनमा आलटाल गर्न थालेपछि आज असोज ३ गतेदेखि पुनः आमरण अनशनलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका थियौं ।

यसैबीच आजकै दिन नेपाल सरकारका तर्फबाट लिखित रुपमा सम्झौताका ४ मध्ये तीन बुँदाहरु कार्यान्वयनको खाका प्रस्तुत गरिएकाले त्यस दिशामा काम गर्नका लागि थप केही समय दिन उचित ठहर्याएकाले आज शुरु हुने भनिएको आमरण अनशन कार्यक्रम एक हप्ता पछिलाई सारेको जानकारी गराउँछु ।

यही असोज १० गतेसम्म लिखित प्रतिबद्धता बमोजिम सम्झौता कार्यान्वयन गर्ने तथा यस प्रतिबद्धतामा नपरेको अदुअआ प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने प्रक्रिया संसदबाट अघि बढाउने काम भएनन् भने सोही दिन अपरान्ह ४ बजेदेखि पुनः घोषित नबौ आमरण अनशन बस्ने कुरा पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछु ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com