८६ हजारलाई अमेरिकाबाट देशनिकालाको निर्णय गर्न ड्युकमाथि दबाब


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमणकै दौरानमा अमेरिकामा टीपीएसबाट संरक्षित ८६ हजारलाई अमेरिकाबाट देशनिकालाको निर्णय गर्न ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटरी एलेन ड्युकलाई दबाब दिएका छन् । ड्युकले होण्डुरसका टीपीएसप्राप्त झण्डै ८६ हजारका बारेमा तत्काल निर्णय नगरी थप पुनरावलोकनका लागि भन्दै ६ महिना समय थपेपछि आक्रोशित केलीले होण्डुरसको टीपीएस समाप्त गर्न दबाब दिएका हुन् ।

केलीले ड्युकलाई एसियाबाटै फोन गरेर होण्डुरसको टीपीएस ६ महिना थप्नुको साटो तत्काल अन्त्य गर्न दबाब दिएको खुलासा भएको छ । होण्डुरसको टीपीएसको अवधि अन्त्य नगरी पुनरावलोकनका लागि भन्दै ६ महिना थपेपछि एलेन ड्युकमाथि राजिनामा दिन समेत धम्की दिइएको छ । ड्युकले गत सोमबार निकारागुवाको टीपीएसको अवधि समाप्त भएको घोषणा गर्दै होण्डुरसका लागि पुनरावलोकनका लागि ६ महिना अवधि थपेको घोषणा गरेकी थिइन् । साथै उनले टीपीएसबारे स्थायी समाधानको बाटो अपनाउन सदनलाई आग्रह समेत गरेकी थिइन् । तर अमेरिकाबाट मास डिपोर्टेशन चाहने जोन केलीले एलेन ड्युकको निर्णयमा असहमति जनाएपछि केली र ड्युकबीच तनाव पैदान भएको छ ।

यसअगाडि अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले पनि होण्डुरसको टीपीएस अन्त्य गर्नुपर्ने आशयको पत्र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई लेखेको छ । सरकारका एजेन्सीहरुको रिपोर्टपछि टीपीएसबारे निर्णय लिने अधिकार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका बर्तमान कार्यकारी सेक्रेटरी एलेन ड्युकसँग रहेकाले उनले होण्डुरसको टीपीएस अवधि ६ महिना थप्दै निकारागुवाको अवधि सकिएको घोषणा गरेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com