अधिकारकर्मी नर्बदा क्षेत्रीलाई अमेरिकी ‘क्वीन्स एम्बासडर अवार्ड’


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

अमेरिकामा चर्चित नेपाली अधिकारकर्मी नर्बदा क्षेत्री क्वीन्स एम्बासडर अवार्ड २०१७ बाट सम्मानित हुनुभएको छ । अधिकारकर्मी क्षेत्रीलाई न्युयोर्कमा सन् १९१९ देखि प्रकाशित प्रतिस्ठित टाइम्स लेजर पत्रिकाले सम्मानित गरेको हो । उहाँलाई यस अघि सन् २०१२ मा न्युयोर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले इमिग्रेन्ट हेरिटेज अवार्डद्वारा सम्मान गर्नुभएको थियो भने युएसनेपालअनलाईनले सन् २०११ मा गेस्ट अफ अनरद्वारा सम्मान गरेको थियो ।

न्युयोर्क शहरको कुइन्सस्थित बिशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ती कृयाशिल संस्था अधिकारकी कार्यक्रम तथा संगठन निर्देशक अधिकारकर्मी क्षेत्रीसँग नेपालमा झन्डै १५ बर्ष मानब अधिकारको क्षेत्रमा काम गरेको अनुभब छ।

अधिकारकर्मी नर्बदा क्षेत्रीकै सकृय नेत्रित्वमा अधिकारले न्युयोर्कका न्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्युयोर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गराउन सफल भईसकेको छ। न्युयोर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र ईलिनोई राज्यले घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उता अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २०११ मा घरेलु कामदारहरुको हक अधिकारको ग्यारेन्टी गर्दै अन्तर्राष्ट्रिय कानुन पारित गरिसकेको छ । त्यो कानुन पारित गराउन दबाब दिन अधिकारकर्मी क्षेत्री पनि अमेरिकी प्रतिनिधिहरुसँग जेनेभा पुग्नुभएको थियो । अमेरिकामा घरेलु कामदारहरु २५ लाख भएको र बिश्वभर दुई करोड ५ लाख भएको अनुमान गरिन्छ ।

अधिकार संस्थाको संगठन निर्देशकको रुपमा अन्य आप्रवासी हकका लागि संघर्सरत संघसंस्थाहरुसंग मिलेर न्युयोर्क राज्यबाट सन् २०१५ मा नेल्स सालुन टेक्निसियन कामदारहरुको हक अधिकार सम्बन्धी बिधेयक पास गराउन सक्नुलाई अधिकारकर्मी क्षेत्रीको अर्को सफलता र खुशीको कुरा हो । जसको फलस्वरुप न्युयोर्क राज्यमा अहिले नेल्स सलुनमा काम गर्ने बैधानिक कागज भएका या नभएका कुनै पनि कामदारले नेपाली लगायत बिभिन्न भाशामा सर्टिफिकेसनको लागि परिक्षा दिन सकिने ब्यबस्था बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com