आजदेखि दैनिक उपभोग्य वस्तुमा छुट


प्रकाशित मिति : आश्विन १, २०७३ शनिबार

सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल सञ्चालनमा ल्याउने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । ‘उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानमा उपभोक्ताले सहुलित पाउने छन्,’ प्रवक्ता रेग्मीले भने, ‘ ७८ प्रकारका खाद्यान्नमा छुट दिने व्यवस्था मिलाएका छौं ।’

चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २, चामलमा १० रुपैयाँ छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । चिनीमा साल्ट ट्रेडिङ, चामलमा खाद्य संस्थानमार्फत छुटको व्यवस्था मिलाइएको छ ।

शनिबारदेखि कात्तिक २१ सम्म उपत्यकाको रामसाहपथ, थापाथली, नक्खु, जावालाखेल, बल्खु, टेकु, कोटेश्वर, भक्तपुर सूर्यविनायक, बूढानीलकण्ठ नारायणस्थान, बौद्ध, सतुङ्गल, नयाँ बानेश्वर, कालिमाटीमा साल्ट ट्रेडिङले सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाले बताए ।

‘हाम्रा सुपथ मूल्य पसलमा एक व्यक्तिले ३ किलो नुन र ६ किलोसम्म चिनी पाउनेछन्,’ उनले भने । त्यसैगरी, काभ्रेपलाञ्चोक, झापा, विराटनगर, सुनसरी, सिरहा, मकवानपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, कैलाली, कपिलवस्तु, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, डोटी, डडेलधुरा, कन्चनपुर, नुवाकोटमा पनि सूपथ मूल्य सञ्चालन गर्ने निर्णय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी संस्थानमार्फत मात्र नभएर किराना व्यवसायीमार्फत उपभोक्तालाई सहुलियत दिन सरकारको निर्देशनअनुसार नेपाल खुद्रा व्यापार संघलाई चिनीमा ५ रुपैयाँ छुट दिने गरी ५ हजार बोरा चिनी र ३ हजार बोरा नुन उपलब्ध गराइएको छ ।
त्यसैगरी, नेपाल खाद्य संस्थानले चामल र गेडागुडीमा १० रुपैयाँ, दुग्ध संस्थानले घ्युमा १०, पनिरमा ५ रुपैयाँ किलोमा छुट दिने निर्णय भएको छ । यता निजी क्षेत्रको भाटभटेनी सुपरमार्केटले पनि आफ्ना बिक्री कक्षबाट ८४ प्रकारका दाल तथा गेडागुडी, ८९ प्रकारका मसला, ३ किसिमका नेपाली खाने तेल, २४ किसिमका चाामलसहित २ सय ६० वस्तुमा छुट दिने घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

बजारलाई सन्तुलित राख्दै कालाबजारीलाई निरुत्साहित गर्न विशेष बजार अनुगमन गरिरहेको मन्त्रालयले उपभोक्तालाई चाडबाडमा उपहारस्वरुप छुट दिने सरकारी मातहत छुट दिइने मन्त्रालयले जनाएको नागरिकमा खबर छ ।

दैनिक उपभोग्य वस्तु मात्र नभएर उपत्यका बाहिरबाट करिब २५ सय खसी, बोका र च्यांग्रा उपत्यकामा सहुलियत दरमा बिक्री गर्ने खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले बताए । चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग अधिक हुँदा व्यापारीले समेत सोही मौकामा कालोबजारी गर्ने गरेको घटनाबाट पाठ सिकेर सरकार पहिल्यै तयारीमा जुटेको छ । छुटलाई प्रभावकारी अनुगमन गर्न संयन्त्र बनाइएको प्रवक्ता रेग्मीले बताए ।

‘चाडपर्वका बेला हुने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि, मिसावटलगायत नकारात्मक प्रवृत्तिलाई आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले नियमित अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमन प्रभावकारी बनाउन पाँच टोली गठन गरेर परिचालन गरेका छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com