नेपाल र भारतबीच तीन वटा सम्झौता


प्रकाशित मिति : भाद्र ३१, २०७३ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले सबै पक्षको भावनालाई समेटेर संविधानको कार्यान्वयन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार मध्याह्न भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोदीले यस्तो बताएका हुन् ।

भारत नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने पक्षमा आफूहरु रहेको भन्दै मोदीले नेपालको विकासका लागि सक्दो सहयोग गर्न भारत तयार रहेको बताए । मोदीले नेपालमा संविधान जारी हुँदा ताका देखिएको तिक्तता अन्त्य भएकाे बताएका छन् । प्रधानमन्त्री प्रचण्डसँग खुशी देखिएका मोदीले प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्रीत्व समयमा नेपालमा संविधान कार्यान्वयन हुने विश्वास लिएको बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सवै पक्षलाई समेटेर संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास समेत व्यक्त गरे । ‘तपाईको नेतृत्वमा नेपालको संविधान कार्यान्वयन हुनेछ । सवै पक्ष त्यसमा समावेश हुनेछन्’ मोदीले भने ।

नेपाल–भारत सम्बन्धको इतिहासमा आजको दिन महत्वपूर्ण भएको समेत उनले औल्याए । मोदीले भने ‘नदी, खुल्ला सीमाना हामी शेयर गर्छौ, समाजको अन्तरसम्बन्धले दुई देशको सरकारको सम्बन्ध निर्धारण गर्छ ।’ दुवै देशको सुरक्षा चासो साझा भएको भन्दै मोदीले खुल्ला सीमाको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले नेपालको संविधान संशोधनमार्फत सवै पक्षलाई समेटेर समावेशी राजनीतिक प्रक्रिया अगाडि बढोस भन्ने भारतको चाहना रहेको बताए । संविधान निर्माण महत्वपूर्ण उपलब्ध भए पनि सर्व स्वीकार्य भए मात्रै सफलता मान्न सकिने उनको तर्क छ । मोदीले नेपालमा शान्ति, स्थिरता र समृद्धि भारतको चाहना भएको मोदीले बताए ।

तीनवटा सम्झौतामा हस्ताक्षर

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाललाई सहयोग गर्ने तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो बुँदामा तराईको सडक सञ्जालको स्तरोन्नतिमा प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलटेन्सी सेवा दिने सम्झौता भएको उल्लेख छ । दोस्रो बुँदामा भूकम्पपछिको पुर्ननिर्माणमा सहुलियतपूर्ण डलर क्रेडिट लाइन उपलब्ध गराउने कुरा उल्लेख छ । तेस्रो बुँदामा भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने सम्झौता भएको छ ।

three-points-agriment

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com