“डस्टबिनमा अट्ने गरी ममताको शव काट्न खोजें”: नरेश भट्टको बयानको ट्रान्सक्रिप्ट


प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार

अमेरिकाको भर्जिनियास्थित मानासस पार्कमा पत्नी ममता काफ्लेको हत्या गरेको आरोप लागेका नेपाली मूलका नरेश भट्टले अदालतमा दिएको बयानमा पत्नीको शव बाथटबमा राखेर टुक्र्याउने प्रयास गरेको र पछि फोहोर फाल्ने डस्टबिनमा राखेको स्वीकार गरेका छन्। नोभेम्बर ५ मा अदालतमा भएको सुनुवाइका क्रममा उनले ममताको शव कसैले फेला नपारोस् भन्ने उद्देश्यले टुक्रा पारेर फोहोरमा राखेको बताएका हुन्। नरेश भट्टको बयानको अंशको अनौपचारिक अनुवाद।

प्रश्न: तपाईंले कुनै समयमा ममताको शव टुक्र्याउन सुरु गर्नुभएको थियो?
भट्ट: हो।
प्रश्न: त्यसबारे तपाईंलाई के सम्झना छ?
भट्ट: फोहोर फाल्ने डस्टबिनमा अट्ने गरी शवको आकार सानो बनाउन खोजेको थिएँ।
प्रश्न: तपाईंले त्यसो कसरी गर्नुभयो भन्ने विस्तृत कुरा सम्झनुहुन्छ?
भट्ट: केही कुरा सम्झन्छु, केही सम्झन्नँ।
प्रश्न: के सम्झनुहुन्छ? जुरीलाई बताउनुहोस्।
भट्ट: म खुट्टा छुट्याउने प्रयास गरिरहेको थिएँ।
प्रश्न: के छुट्याउने प्रयास गरिरहनुभएको थियो?
भट्ट: शरीरको तल्लो भाग छुट्याउने।
प्रश्न: शरीरको तल्लो भाग छुट्याउने?
भट्ट: हो।
प्रश्न: त्यसको अर्थ के हो?
भट्ट: जस्तै, शरीरबाट खुट्टाहरू अलग गर्ने।
प्रश्न: के तपाईं त्यसो गर्न सफल हुनुभयो?
भट्ट: भइनँ।
प्रश्न: हामी अहिले पहिलो दिनको कुरा गरिरहेका छौँ। के तपाईंले पहिलो दिनमै ती सबै काम पूरा गर्न सक्नुभयो?
भट्ट: सकिनँ।
प्रश्न: किन रोकिनुभयो?
भट्ट: मानसिक र शारीरिक रूपमा। म असहाय भएको थिएँ। त्यो गर्न सक्ने अवस्थामा थिइनँ।
प्रश्न: तपाईंको अर्थ, तपाईंसँग त्यो काम गर्ने शारीरिक शक्ति थिएन?
भट्ट: हो।
प्रश्न: शव टुक्र्याउने प्रयास गर्दा ममताको शरीर कहाँ थियो?
भट्ट: बाथरुममा। नुहाउने ठाउँमा।
प्रश्न: नुहाउने ठाउँ भन्नाले?
भट्ट: सेतो रङको बाथटब।
प्रश्न: बाथटबमा?
भट्ट: हो, सेतो रङको बाथटबमा।
प्रश्न: त्यसबेला तपाईंले कस्तो लुगा लगाउनुभएको थियो?
भट्ट: सम्झना छैन।
प्रश्न: के कुनै समयमा तपाईंले काम रोक्नुपरेको थियो?
भट्ट: हो।
प्रश्न: किन रोक्नुपरेको थियो?
भट्ट: मेरा हातहरूले काम गर्न छाडेका थिए। त्यसपछि मलाई कस्तो भइरहेको थियो, म भन्न सक्दिनँ, तर एकदमै फरक महसुस भइरहेको थियो। म केही गर्न सकिरहेको थिइनँ। मेरा हातहरूले पनि काम गरिरहेका थिएनन्, शरीरले पनि काम गरिरहेको थिएन। मेरो सोच्ने र महसुस गर्ने प्रक्रिया पनि स्पष्ट थिएन। आँखाअगाडि धेरै कालो वस्तुहरू आउन थालेका थिए। मेरो पूरै शरीरको प्रणालीले काम गरिरहेको थिएन। त्यसैले म केही गर्न सक्ने अवस्थामा थिइनँ।
प्रश्न: कुनै समयमा तपाईंले नीमा (छोरी)लाई लिन जानुपरेको थियो?
भट्ट: हो।


प्रश्न: नीमा (छोरी)लाई लिन जानुअघि तपाईंले केही गर्नुभएको थियो?
भट्ट: सम्झना छैन। सायद बेबीसिटरलाई म्यासेज गरेको थिएँ होला, तर ठ्याक्कै सम्झना छैन।
प्रश्न: के तपाईंले लुगा फेर्नुभएको थियो?
भट्ट: हो।
प्रश्न: के तपाईंले नुहाउनुभएको थियो?
भट्ट: थिइनँ।
प्रश्न: नीमा (छोरी)लाई लिन घरबाट बाहिर जानुभएको थियो?
भट्ट: हो।
प्रश्न: घरबाट निस्कँदा शयनकक्षको ढोका बन्द गर्नुभएको थियो कि खुलै छाड्नुभएको थियो?
भट्ट: सम्झना छैन। सामान्यतया हामी मुख्य ढोका कहिल्यै बन्द गर्दैनथ्यौँ। मलाई सम्झना छैन। तर मैले बच्चाको क्रिब त्यहीँ राखेको थिएँ। सिँढीको माथि ओबीमा…
प्रश्न: त्यो क्रिब थिएन, डायपर फेर्ने स्टेसन थियो। त्यो सिँढीको माथि थियो?
भट्ट: हो। तर मैले त्यसलाई मुख्य ढोकातिर सारेको थिएँ।
प्रश्न: तपाईंले त्यसलाई मुख्य ढोकातिर सार्नुभएको थियो?
भट्ट: हो।
प्रश्न: किन त्यसो गर्नुभयो?
भट्ट: थाहा छैन। बाटो छेक्न चाहेको थिएँ कि, किन गरेको हुँ, थाहा छैन। तर गरेको थिएँ।
प्रश्न: तपाईं नीमा (छोरी)लाई लिन घरबाट बाहिर जानुभयो?
भट्ट: हो।
प्रश्न: बेबीसिटरकहाँ कसरी पुग्नुभयो? आफ्नै गाडी चलाएर?
भट्ट: हो।
प्रश्न: त्यही नीलो गाडी?
भट्ट: हो।
प्रश्न: नीमा (छोरी)लाई लिनुभयो?
भट्ट: हो।
प्रश्न: त्यसपछि उनलाई घर फर्काएर ल्याएको सम्झना छ?
भट्ट: धेरैजसो सम्झना छ।
प्रश्न: नीमा (छोरी)लाई लिएर घर फर्केपछि के गर्नुभयो?
भट्ट: सायद नीमा (छोरी)का लागि केही किनेको थिएँ। ठ्याक्कै सम्झना छैन। त्यसपछि उनलाई खाना खुवाएँ, सुताएँ र उनीसँग कुरा गरेँ।
प्रश्न: तपाईं नीमा (छोरी)सँग कुरा गरिरहनुभएको थियो?
भट्ट: हो।
प्रश्न: के विषयमा कुरा गरिरहनुभएको थियो?
भट्ट: के भएको थियो भन्नेबारे।
प्रश्न: तपाईंले ममतालाई दोष दिइरहनुभएको थियो?
भट्ट: हो।
प्रश्न: किन उहाँलाई दोष दिइरहनुभएको थियो?
भट्ट: किनभने उहाँले जे गर्नुभयो, त्यो राम्रो थिएन। त्यसैले हामी उहाँलाई दोष दिइरहेका थियौँ। म नीमा (छोरी)सँग कुरा गरिरहेको थिएँ, रोइरहेको थिएँ र ममतालाई दोष दिइरहेको थिएँ।
प्रश्न: नीमा (छोरी)लाई घर ल्याएपछि तपाईं ममताको शव फेला पारेको कोठामा जानुभएको थियो?
भट्ट: कहिल्यै गइनँ।
प्रश्न: के तपाईं पछि त्यहाँ जाने प्रयास गर्नुभयो?
भट्ट: पछि, हो।
प्रश्न: के तपाईं त्यो रात सुत्न सक्नुभयो?
भट्ट: सकिनँ।
प्रश्न: के तपाईं प्रार्थना गरिने कोठामा जानुभयो?
भट्ट: त्यो कोठामा होइन, नजिकैको अर्को कोठामा। मैले आफ्नो जनै फालिसकेको थिएँ।
प्रश्न: तपाईंले के फाल्नुभएको थियो?
भट्ट: जनै।
प्रश्न: जनै फाल्नुभएको थियो?
भट्ट: हो। त्यसपछि मलाई त्यहाँ जान डर लाग्यो। म नजिकैसम्म मात्र जान्थेँ, तर मूर्ति वा ती सामग्री राखिएको ठाउँको एकदमै नजिक जान्नथेँ।
प्रश्न: किन नजिक जानुभएन?
भट्ट: भगवान्सँग डर लागेको थियो।
प्रश्न: नीमा (छोरी) सुतेको बेला त्यो रात तपाईं शयनकक्षमा जानुभयो?
भट्ट: गइनँ।
प्रश्न: तपाईंले वर्णन गर्नुभएका कुराबाहेक त्यो रात अरू केही गर्नुभयो?
भट्ट: म बाहिर चर्चको आँगनमा गएँ।


प्रश्न: त्यस रात तपाईंलाई अरू के–के भएको थियो भन्ने सम्झना छ?
भट्ट: सारा ब्रह्माण्डका नराम्रा कुराहरू मेरो दिमागमा थिए। कसरी वर्णन गर्ने, मलाई थाहा छैन। मैले जीवनमा कहिल्यै त्यस्तो महसुस गरेको थिइनँ। मलाई लाग्दैन, कसैले आफ्नो जीवनमा त्यस्तो महसुस गरेको हुन्छ। त्यो कुरा भन्न निकै गाह्रो छ। मलाई के महसुस भइरहेको थियो भन्ने नै थाहा छैन। त्यो सामान्य अवस्थाभन्दा पूर्ण रूपमा फरक थियो।
मलाई पहिलोपटक अपहरण गरेर मार्न लागिएको बेलामा पनि त्यस्तो महसुस भएको थिएन।
प्रश्न: के तपाईं त्यो रात केही समय पनि सुत्न सक्नुभयो?
भट्ट: सकिनँ।
प्रश्न: तपाईं डराउनुभएको थियो?
भट्ट: हो।
प्रश्न: के कुरासँग डराउनुभएको थियो?
भट्ट: सबै कुरासँग। भूतसमेत सबै कुरासँग डराएको थिएँ। नीमा (छोरी)बाहेक सबै कुरासँग।
घरबाट सामान निकाल्ने र फाल्ने काम
प्रश्न: त्यसको भोलिपल्ट कुनै समयमा तपाईं घरबाट बाहिर जानुभयो?
भट्ट: हो।
प्रश्न: ती दुई दिनमा घरबाट आउजाउ गर्दा तपाईंले केही सामान बाहिर लैजानुभएको थियो?
भट्ट: हो।
प्रश्न: कस्ता सामान लैजानुभएको थियो?
भट्ट: लुगा र व्यक्तिगत सामानहरू।
प्रश्न: ती सामान कसका थिए?
भट्ट: हामी दुवैका। साझा प्रयोग गर्ने सामानहरू।
प्रश्न: कस्ता साझा सामान?
भट्ट: हामी दुवैले प्रयोग गर्ने सामान्य टी–सर्ट, साझा सामान, एउटै कपबाट पानी पिउने गर्थ्यौँ, त्यस्ता कपहरू। खानेकुरा, लुगा, दैनिक प्रयोगका साझा लुगाहरू र त्यस्तै सामान।
प्रश्न: तपाईंले खानेकुरा किन फालिरहनुभएको थियो?
भट्ट: ती पहिले नै खोलिएका खानेकुरा थिए। म ती घरमा राख्न चाहन्नथेँ। उहाँले ती खानेकुरा खोल्नुभएको थियो, त्यसैले म फाल्न चाहन्थेँ।
प्रश्न: कसैको मृत्यु भएपछि मानिसहरूले यस्तो गरेको तपाईंले पहिले देख्नुभएको थियो?
भट्ट: हो।
प्रश्न: सामान्यतया मानिसहरूले त्यसो गर्छन्?
भट्ट: हो।
प्रश्न: तपाईं अहिले नेपाली संस्कृति वा हिन्दू संस्कृतिको कुरा गर्दै हुनुहुन्छ?
भट्ट: हो।
प्रश्न: त्यसबारेको परम्परा वा चलन के हो?
भट्ट: म स्पष्ट पार्न चाहन्छु। मेरो संस्कृतिमा, नेपालको पश्चिमी भागमा कसैको मृत्यु हुँदा नपकाएको खाना शवसँगै फाल्ने चलन छ। त्यसलाई ‘बुर्की’ भनिन्छ।
प्रश्न: मृत्यु भएको व्यक्तिका लुगासम्बन्धी कुनै परम्परा वा चलन छ?
भट्ट: ती लुगा घरमा राखिँदैनन्। सकेसम्म चाँडो फालिन्छन्, किनभने मलाई डर लागेको थियो। सबैलाई डर लाग्छ। ती लुगा र सामान सकेसम्म चाँडो फाल्नुपर्छ।
प्रश्न: के कुरासँग डर लाग्छ?
भट्ट: ती लुगा र दैनिक प्रयोगका सामानसँग। मानिसहरूले ती सामानमा आत्मा हुन्छ भन्छन्। त्यसैले सकेसम्म चाँडो ती सामान हटाउनुपर्छ।
प्रश्न: तपाईंले ती सामान घरकै फोहोर फाल्ने डस्टबिनमा किन राख्नुभएन?
भट्ट: म ती सामान फोहोरमा राख्न चाहन्नथेँ। शवलाई फोहोरमा राख्न चाहेको थिएँ, अरू केही होइन। सुन र पैसा मात्रै, शवबाहेक।
प्रश्न: लुगाचाहिँ?
भट्ट: सुन र पैसा मात्रै। चाँदी, सुन र पैसा। त्यति मात्रै।
प्रश्न: लुगा किन फोहोरमा राख्नुभएन?
भट्ट: थाहा छैन। तर म ती सामान कतै टाढा फाल्न चाहन्थेँ। सामान्यतया मृतकको शवसँगै ती लुगा फालिँदैनन्। त्यस्ता सामान जलाउनुपर्ने चलन हुन्छ।
ममताको शवलाई डस्टबिनमा राखेको विवरण
प्रश्न: भोलिपल्ट तपाईंले नीमा (छोरी)लाई बेबीसिटरकहाँ लैजानुभएको थियो?
भट्ट: सायद, हो। हो।


प्रश्न: त्यसपछि घर फर्कनुभयो?
भट्ट: हो।
प्रश्न: घर फर्केपछि के गर्नुभयो?
भट्ट: फोहोरको डस्टबिनमा राखेँ।
प्रश्न: शवलाई डस्टबिनमा राख्नुअघि के गर्नुभयो?
भट्ट: आकार सानो बनाएँ र त्यसपछि झोलामा राखेर डस्टबिनमा हालेँ।
प्रश्न: तपाईंले त्यो कसरी गर्नुभयो?
भट्ट: मसँग आरा थियो। हामीले आरा प्रयोग गर्‍यौँ।
प्रश्न: के तपाईंले चक्कु पनि प्रयोग गर्नुभयो?
भट्ट: अलिकति, तर धेरै होइन।
प्रश्न: तपाईंले आराको तस्बिर देख्नुभएको छ?
भट्ट: हो।
प्रश्न: तपाईंले प्रयोग गरेको त्यही आरा थियो?
भट्ट: हो।
प्रश्न: शरीरका टुक्राहरूलाई डस्टबिनमा राख्नुअघि तपाईंले ती टुक्रा वा अरू कुनै वस्तु केहीमा राख्नुभएको थियो?
भट्ट: होइन। डस्टबिनमा जे–जे थियो, ती सबै निकालेर फालेँ। ती सामान आफ्नो गाडीमा राखेँ र त्यसपछि पहिले आफू बस्ने ठाउँको फोक्समा फालेँ।
प्रश्न: तपाईंले डस्टबिनमा रहेका फोहोरको कुरा गर्दै हुनुहुन्छ?
भट्ट: हो।
प्रश्न: डस्टबिनमा के–के थियो भन्ने सम्झना छ?
भट्ट: खानेकुरा, डायपर। अरू त्यस्तै सामानहरू। सम्झना छैन।
प्रश्न: अनि त्यसपछि उहाँको शव राख्नुभयो?
भट्ट: हो।
प्रश्न: शवलाई डस्टबिनमा राख्नुअघि तपाईंले केहीमा राख्नुभएको थियो?
भट्ट: फोहोर फाल्ने झोलामा।
प्रश्न: भान्साको फोहोर फाल्ने झोला होइन?
भट्ट: होइन, फोहोर फाल्ने झोला।
प्रश्न: तपाईंले एउटा झोला प्रयोग गर्नुभयो कि दुईवटा?
भट्ट: दुईवटा।
प्रश्न: शव राख्न कति वटा फरक झोला प्रयोग गर्नुभएको थियो भन्ने सम्झना छ?
भट्ट: सम्झना छैन। सायद तीनवटा।
प्रश्न: यो हप्ताको कुन दिन थियो?
भट्ट: जुलाई ३१।
प्रश्न: तपाईंलाई सम्झना छ?
भट्ट: छैन।
प्रश्न: अहिले कुन दिन थियो भन्ने थाहा छ?
भट्ट: थाहा छ, तर अहिले बिर्सिएँ।
प्रश्न: के त्यो फोहोर उठाउने ट्रक आउने दिन थियो?
भट्ट: हो।


प्रश्न: त्यसबेला तपाईंलाई फोहोर उठाउने ट्रक आउँदै छ भन्ने थाहा थियो?
भट्ट: त्यसबेला मलाई केही पनि सम्झना थिएन।
प्रश्न: ममताको शवलाई टुक्रा पार्ने काम कति बजे सक्नुभयो?
भट्ट: सम्झना छैन। त्यो समय… म बेबीसिटरकहाँबाट फर्किएपछि… जब म बेबीसिटरकहाँ जाँदै थिएँ, मैले मानिसहरूले फोहोरका डस्टबिनहरू बाहिर निकालिरहेको देखेँ। त्यसपछि मलाई फोहोर उठाउने दिन रहेछ भन्ने थाहा भयो।
प्रश्न: फोहोर उठाउने ट्रक आउनुअघि नै तपाईंले ममताको शव टुक्रा पार्ने काम सक्नुभएको थियो?
भट्ट: हो।
प्रश्न: त्यसबेला ममताको भौतिक शरीर फोहोरसँगै लगिनेछ भन्ने तपाईंलाई थाहा थियो?
भट्ट: हो।
प्रश्न: ममताको शरीरको कुनै भाग टेस्ला गाडीमा राखिएको थियो?
भट्ट: थिएन।
प्रश्न: ममताको शरीरको कुनै भाग तपाईंको ग्यारेजको फोहोरबाहेक अन्य कुनै ठाउँमा लगिएको थियो?
भट्ट: मलाई लाग्दैन।
वकिल: मलाई लाग्छ यो कुरा स्पष्ट छ, तर म यसलाई अझ स्पष्ट बनाउन चाहन्छु। तपाईंले ममताको शव टुक्रा पार्नुभयो र फोहोरको डस्टबिनमा राख्नुभयो, ताकि त्यो फेला नपरोस्। हो?
भट्ट: हो।
प्रश्न: शव टुक्रा पारेर फोहोरमा राख्दा तपाईंको उद्देश्य नै कसैले ममताको शव फेला नपारोस् भन्ने थियो?
भट्ट: प्रश्न फेरि सोध्नुहोस्।
प्रश्न: तपाईंको उद्देश्य कसैले पनि ममताको शव फेला नपारोस् भन्ने थियो। त्यसैले तपाईंले त्यसो गर्नुभएको हो?
भट्ट: हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com