‘प्रचण्ड’ के गर्दैछन् दिल्लीमा ?


प्रकाशित मिति : भाद्र ३०, २०७३ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन्। इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा पुगी स्वराजले चार दिने राजकिय भ्रमणमा आएका प्रधामन्त्री प्रचण्डलाई स्वागत गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न स्वराज नेपाल डेस्क हेर्ने भारतीय अधिकारीहरुसहित विमानस्थल पुगेकी थिईन्।

प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजबीच झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले भनिन्,‘तपाईको यो भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं, आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ र विश्वासका साथ अघि बढ्छ ।’ स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजकीय सम्मान दिने समेत बताईन् । यता प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण द्धिपक्षीय सम्बन्धमा विश्वासको वातावरण बनाउने दाबी गरे ।

फागुन, ०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि स्वराज र राज्यमन्त्री श्रीपद् यसुले दिल्ली विमानस्थलमा स्वागत गरेका थिए। ०६२-०६३ सालको जनआन्दोलनपछि गरेको भारत भ्रमणमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भने समकक्षी मनमोहन सिंहले विमानस्थलमा स्वागत गरेका थिए। ३ कात्तिक ०६८ भएको तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई भने नेपाल डेस्क हेर्ने सहसचिवले विमास्थलमा स्वागत गरेका थिए।

नेपालीलाई सम्बोधन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतको राजकीय भ्रमणमा रहका प्रधानमन्त्रीस् पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारतमा रहेका नेपालीलाई सम्बोधन गरेका छन् । अखिल भारत नेपाली एकता मञ्च,प्रवासी नेपाली संघ लगायत नेपालीलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । नयाँ दिल्लीको नेपाली दूतावास, बाराखम्बा रोडमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै आफ्नो भ्रमण कुटनीतिक रुपमा सम्बन्धको बिस्तार गराउन केन्द्रीत रहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com