३७६ वर्ष पूरानो कार्तिक नाच सम्पन्न (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १८, २०७४ शनिबार

कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटन(ललितपुर)को प्रसिद्ध नाच हो। हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिन्छ।विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ।

उक्त डवली लाई कात्तिक डवली पनि भनिन्छ। वि ।सं । १६९७मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए।सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो। त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो। उनी पछि उनकै छोरा श्री निवास मल्लको पालामा वि ।सं । १७३०मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिन सम्म सो नाच चलाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि उनका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएका थिए।  सांस्कृतिको दृष्टिकोणबाट पनि यो नाच महत्वपूर्ण मानिन्छ। यो नाचले ऐतिहासिक मल्ल कालको संस्कृति झल्काएको छ। यो नाच मल्लकालमा सुरु गरिएकोले यसले त्यस बेलाको समयलाई प्रतिनिधित्व गरेको छ। ३६९(वि ।सं ।२०६७ मा) वर्ष पुरानो इतिहासलाई यस नाच मार्फत् स्मरण गर्न खोजिएको छ। यस नाचले त्यतिबेलाका राजाहरू सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल तथा योगनरेन्द्र मल्ल गरी तीन मल्लराजाको शासनकाललाई पनि सम्झना गराएको छ। यसले इतिहासमा के भएको थियो त भन्ने कुरालाई प्रस्तुत गरेको छ। त्यो समयका मानिसहरूको रहनसहन, व्यवहार तथा सांस्कृतिक गतिविधिलाई सो आठ दिने नाचले प्रस्तुत गरेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com