दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र बाँडफाँट


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच बाँडफाँड टुंगो लागेको छ।

फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो।

दुई दलबीच भएको सहमतिअनुसार फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको फोरम नेता परशुराम बस्नेतले सेतोपाटीलाई बताए।

दुवै पार्टीले सामूहिक उम्मेदवार बनाएर निर्वाचनमा भाग लिने निर्णय गरेका हुन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेशसभामा फोरमले ३५ र राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ। ‘दुई दलबीच निर्वाचन क्षेत्र बाँडफाँड औपचारिक रूपमा सकिएको छ,’ बस्नेतले भने, ‘कुन निर्वाचन क्षेत्र कुन पार्टीका लागि भनेर हामीले छिट्टै औपचारिक सार्वजनिक गर्ने तयारी गरेका छौ।’

नेपाली कांग्रेसले पनि फोरम–राजपासँग सहमतिका लागि बाह्र बजेपछि छलफल गर्दैछ। नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेकोले केही समय मागेको राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सेतोपाटीलाई बताए।

‘तीन पार्टीका शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिने हाम्रो अनौपचारिक सहमति भइसकेको छ,’उनले भने,‘अन्य निर्वाच क्षेत्रमा पनि अधिकतम् सहमति गरेर जान हामीले प्रयास गरिरहेका छौ।’

यो पनि हेर्नुहोस्स

१८ पुरुषबीच एक्ली महिला उम्मेदवार

एमालेबाट मोतीलाल दुगड समानुपातिक सांसद सिफारिस

तीन पार्टीले जसरी पनि निर्वाचन जित्ने र वाम गठबन्धनलाई जसरी पनि हराउने विषयमा समेत सहमति रहेको उनले बताए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेसले मोरङ–५ मा सघाउने आश्वासन दिएको उनले बताए। यादवका लागि सप्तरी–२ मा राजपा छोड्न तयार रहेको शुक्लले बताए।setopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com