२७ बर्षपछि लक्ष्मीपूजाको विशेष साइत, यसरी गर्नुहोस् पूजा


प्रकाशित मिति : कार्तिक २, २०७४ बिहीबार

यसपटक दिपावलीमा गुरु चित्राको २७ वर्षपछि संयोग मिलेको छ। यो भन्दा पहिले यस्तो योग १९९० मा बनेको थियो। यस संयोगमा भगवान गणेश र माता लक्ष्मीको पुजा पुरै बिधि अपनाएर मनाउदा अत्यन्त लाभको प्राप्ति हुनेछ। अब यस्तो संयोग नक्षत्र ठिक २०२१ मा मात्र हुनेछ।

यस वर्ष विक्रम संवत २०७४ मा कार्तिक कृष्ण चन्द्र बिहिबार १९ अक्टुबर सन् २०१७ को सुर्यदयले पहिले नै आरम्भ भएर राति १२ बजेर ४२ मिनेटसम्म अवस्थित हुनेछ। हस्त उपरांत चित्रा नक्षत्रले सम्पूर्ण दिन र रातको आनन्द लिनेछ। बिहिबार हस्त नक्षत्रबाट बनाएको शुभ योग र चित्रा नक्षत्रबाट बनाइएको चर योग कार्यसिद्दि उपलब्धि हो। जसले वैधताको दोषलाई निर्मुल पार्दछ। चित्रा नक्षत्र एक नरम बोल्ने संज्ञानात्मक हो । अत: दिपावली पर्वका दिन कसैले पनि विवाद नगरी मनाउनु पर्दछ ।

पूजा गर्ने विधि:

कुनै पनि मंगलको काम वा पूजा सुरु गर्नुअघि भगवान गणेशको पूजा गरिन्छ । त्यसैले भगवान गणेशलाई स्नान गर्नुहोस र वस्त्र लगाईदिनुस। गंध, पुष, अक्षत अर्पित गर्नुस। अब लक्ष्मी माताको पुजा शुरु गर्नुहोस। तपाईले जुन लक्ष्मी माताको मुर्तिमा पुजा गर्दै हुनुहुन्छ त्यो मुर्ति आफ्नो पुजा घरमा हुनुपर्दछ । माता लक्ष्मीलाई आफ्नो घरमा सम्मान सहित राख्नुहोस र मुर्तिलाई स्नान गराउनुस । स्नान पहिले पानीले गर्ने फेरी पन्चामृतले गर्ने र दोस्रोपटक पानीले स्नान गर्नुस। अब माता लक्ष्मीलाई बस्त्र लगाईदिनुहोस ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुलाबको फुल माता लक्ष्मीको लागि विशेष फुल हो । अब सम्पूर्ण बेलपत्र चढाएर धुप र दियो बाल्नुस, यसो गर्दा लक्ष्मी प्रशन्न हुने प्रचलन छ । ११ वा १२ दाना चामल पनि अर्पित गर्नुस। श्रद्दाअनुसार घिउ या तेलको बत्ति बाल्नुस। बत्ति बायाँपट्टि राख्नु हुदैन। यी सम्पूर्ण बिधि भैसकेपछि अब आरती गर्न सुरु गर्नुहोस। आरति गरिसकेपछि नेवैद्य अर्पण गर्नुस। महालक्ष्मी पुजाको समयमा “ऊँ महालक्ष्मयै नमः” यस मन्त्रको जप गर्नुहोस।

दिपावली पुजा र दिपावली शुभ समय

१. प्रदोष काल मुहूर्त

माता लक्ष्मीको पुजाको सुभ मुहूर्त – ५:४३ देखि ८:०६ सम्म।

समय – १ घण्टा ५ मिनेट।

वृषभ काल – ७:११ देखि ९:०६ सम्म।

२. चौघड़िया पूजा मुहूर्त
बिहान ६:२८ देखि ७:५३ र साँझ ४:१९ देखि ८:५५ सम्म।

३. महानिशिता काल मुहूर्त
लक्ष्मी पूजाको अवधि – ५१ मिनेट – महानिशिता काल – ११:४० देखि १२:३१ सम्म।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com