टिकट खर्च नहुँदा नेपाली दृष्टिविहीनले गुमाउने भए झण्डै ३२ लाखको अमेरिकी छात्रबृत्ति


प्रकाशित मिति : भाद्र २७, २०७३ सोमबार

दुईहजार डलर पर्सनल फण्ड र अमेरिका जान चाहिने टिकट खर्च जुटाउन नसक्दा एक नेपाली दृष्टिविहिन युवाले झण्डै ३२ लाख रुपैया बराबरको अमेरिकी छात्रबृत्ति गुमाउनुपर्ने अवस्था आएको छ ।

काठमाडौँको ह्वाइट हाउस कलेजबाट ट्राभल एन्ड टुरिजम विषयमा १२ कक्षाको परीक्षा दिएर रिजल्ट कुरिरहेका जयराम लामिछानेले ‘कोलोराडो सेन्टर फर द ब्लाइन्ड’ बाट ३१ हजार २०० अमेरिकी डलरको छात्रवृत्ति पाएका थिए । कोलोराडो सेन्टर फर द ब्लाइन्डले बर्सेनि एक जना दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ । उनले सन् २०१७ का लागि त्यो सुविधा हात पारेका हुन् । उनी पाँच मार्च २०१७ मा इन्स्टिच्युट पुगिसक्नु पर्नेछ । छात्रवृत्तिअनुसार उनले त्यस संस्थामा आठ महिना इन्डिपेन्डेन्ट ट्रेनिङ लिनेछन् र त्यसपछि संस्थाले अध्ययनका लागि विश्वविद्यालयमा ‘रेफर’ गर्नेछ ।

तर टिकट खर्च र दुईहजार डलर जुटाउन नसक्दा उनको सपना साकार नहुने भएको छ । उनले सहयोगका लागि विभिन्न ठाउँमा याचना गरेपनि सहयोग प्राप्त नभएको गुनासो गरेका छन् ।

यसबारेको विस्तृत रिपोर्ट बाह्रखरीमा पढ्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com