पराराष्ट्रमन्त्री महत र स्वराजबीच भेटवार्ता


प्रकाशित मिति : भाद्र २७, २०७३ सोमबार

भारतभ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेका छन्। दुवै मन्त्रीबीच नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ ३० गतेदेखि गर्ने भारत भ्रमणको विषयलाई लिएर कुराकानी भएको छ।

भेटमा भारतीय विदेश मन्त्री सुस्मा स्वराजले आफ्नो सरकार प्रधानमन्त्री दाहाललाई स्वागत गर्न आतुर रहेको बताएकी छन्। त्यसका बारेमा भारतीय पक्षबाट सबै तयारी पुरा गरेको जानकारी उनले दिइन्।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको समयमा हुने विभिन्न सन्धीसम्झौताको बारेमा पनि छलफल भएको बताइएको छ। त्यसैगरी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपालभ्रमणका बारेमा पनि छलफल भएको छ।

यसअघि भारतीय नेताहरुले आफ्नो सम्मानमा आयोजित रात्रीभोजमा परराष्ट्रमन्त्री महतले आफूले सम्बन्ध सुधारमा पहल गर्ने र उच्चस्तरको भेटघाटपछि सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका थिए। उनले विगतका असमझदारीहरुलाई बिर्सेर विश्वासमा आधारित सम्बन्ध विकास गर्न चाहेको पनि बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजै भारतका अर्थमन्त्री अरुण जेट्ली, जलस्रोत मन्त्री उमा भारती, सडक तथा यातायात मन्त्री तिनी गडकरी, उर्जामन्त्री पियूष गोयलसँग भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री महत मंगलबार काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल भदौ ३० मा दिल्ली जाने र ३१ मा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री दाहाल भारत भ्रमण गरी असोज २ गते नेपाल फर्किनेछन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com