क्यानडामा महिला डाक्टरहरूमाथि अश्लील व्यवहार गरेको आरोपमा भारतीय मूलका पुरुष पक्राउ 


प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

क्यानडाको मिसिसाउगा सहरका विभिन्न मेडिकल क्लिनिकमा महिला डाक्टर र कर्मचारीहरूमाथि अश्लील व्यवहार गरेको आरोपमा एक भारतीय मूलका पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय मूलका २५ वर्षका वैभव नाम गरेका पुरुष रहेका छन् । 

पिल क्षेत्रीय प्रहरी (पीआरपी)का अनुसार आरोपी वैभवले आफूलाई स्वास्थ्य समस्या भएको भन्दै क्लिनिकहरूमा बारम्बार गएर महिला डाक्टरहरूबाट अनुचित सम्पर्क लिन खोजेका थिए। प्रहरीले यी घटनाहरू सन् २०२५ का केही महिनामा विभिन्न स्थानमा भएको बताएको छ । 

वैभवलाई डिसेम्बर ४ मा पक्राउ गरिएको थियो । हाल उनी प्रहरीको हिरासतमा छन्। उनीमाथि सार्वजनिक स्थलमा अश्लील क्रियाकलाप, परिचय ठगी, परिचय दस्ताबेजको कब्जा र परिचय चोरीसम्बन्धी आरोपहरू लगाइएका छन्।

पुलिसले अझ केही पीडितहरू हुन सक्ने शङ्का व्यक्त गर्दै अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com