सबै राज्यमा लागू हुने एकल एआई नियम ल्याउन कार्यकारी आदेश जारी गर्ने ट्रम्पको घोषणा


प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकी राज्यमा लागू हुने एकल एआई (कृत्रिम बुद्धिमत्ता) नियम ल्याउन कार्यकारी आदेश जारी गर्ने घोषणा गरेका छन्। हरेक राज्यले आफ्नै–आफ्नै एआई कानून बनाउँदै गएका कारण कम्पनीहरूलाई काम गर्न कठिन भइरहेको बताउँदै ट्रम्पले कृत्रिम बुद्धिमत्ताको लागि एकल राष्ट्रिय नियम सिर्जना गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले भने, “एआईमा अमेरिका अगाडि रहन चाहन्छ भने एकै नियम चाहिन्छ। ५० वटा राज्यबाट छुट्टै अनुमति लिनु कम्पनीका लागि असम्भव छ।”

ओपनएआई, गुगल, मेटा लगायतका ठूला टेक कम्पनीहरूले पनि एउटै राष्ट्रिय नियम हुनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले अमेरिकाका विभिन्न राज्यका फरक नियमले एआई विकास रोकिने र अमेरिका चीनभन्दा पछि पर्न सक्ने चेतावनी दिँदै आएका छन् । ।

तर, धेरै राज्य सरकारले भने एआईलाई नियन्त्रण गर्न राज्य स्तरमै नियम आवश्यक पर्ने बताएका छन्। फ्लोरिडा, क्यालिफोर्नियासहित केही राज्यले डेटा गोपनीयता, गलत ‘डीपफेक’ रोकथाम र भेदभाव रोक्ने एआई कानून पारित गरिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले कांग्रेसलाई राज्यका एआई कानून रोक्ने व्यवस्था पनि पास गर्न आग्रह गरेका थिए, तर धेरै राज्य नेताहरूले यसका विरोध गरेका छन्। अमेरिकी सिनेटले पनि राज्यका नियम रोक्ने प्रस्तावलाई ठूलो बहुमतले अस्वीकार गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com