न्युयोर्कमा गाडीमा क्रिसमस बत्ती राख्न पाइन्छ कि पाइँदैन ?


प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार

एआईबाट निर्माण गरिएको तस्वीर ।

क्रिसमस डे नजिकिँदै गर्दा मानिसहरुले घर, कम्पाउण्ड तथा सवारीसाधनहरुमा रंगीचंगी बत्ती राख्ने गर्दछन् । न्युयोर्क सिटीमा त्यसरी बत्तीहरुको सजावट गर्न पाइन्छ कि पाइँदैन त ?

तपाइले घर कम्पाउण्डहरुमा क्रिसमस बत्तीहरु सजाउन पाउनहुन्छ तर गाडीहरुमा भने क्रिसमस बत्ती राख्न पाइँदैन । त्यसरी गाडीहरुमा क्रिसमस बत्तीले सजाएर हिड्नु भयो भने तपाई कारवाहीमा पर्न सक्नुहुन्छ ।

न्युयोर्कमा मात्र होइन, अमेरिकाको धेरैजस्ता राज्यहरुमा यसरी गाडीमा सजाएर हिड्नु गैरकानूनी छ र प्रहरी अधिकारीहरुले फेलामा पारेमा तपाइँलाई कारवाही गर्न सक्नेछन् ।

न्युयोर्कमा ट्रक, कार तथा एसयुभीमा सजावट हुने गरी बत्तीहरु राख्नु कानुन विपरित हुने न्युयोर्क राज्य डिपार्टमेन्ट अफ मोटर भेइकलले जनाएको छ । र, यसो गर्दा ट्राफिक नियम उलंघन गरेको अभियोगमा जरिबाना समेत हुनेछ । न्युयोर्कको कानुनले क्रिसमस बत्ती र गाडीमा लगाइएका एलईडी लाइटसमेत सबै किसिमका चम्किलो रङ्गहरुलाई पूर्ण रुपमा निषेध गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो गाडीमा बत्ती नभएका सजावटहरु भने गर्न सकिन्छ तर ती सजावटका सामानहरुले गाडीका बत्तीहरु, लाइसेन्स प्लेटहरु, सबैतिरका ऐनाहरुलाई छेक्न भने हुँदैन ।

यदी गाडीका साइट ऐनाहरु, बत्तीहरु र लाइसेन्स प्लेटहरु छेकिएको पाइएमा जरिबाना तथा प्वाइन्ट थप हुने कारवाहीहरु हुन सक्ने छ ।गाडीमा बत्तीहरु प्रयोग गरेर सजावट गर्दा त्यसले मानिसको सुरक्षामा गम्भीर असर पुर्याउन सक्ने कारणले ट्राफिक प्रहरीले टिकट जारी गर्न सक्ने कानूनी व्यवस्था छ । ती बत्तीहरु झिक्न लगाउन सक्छ भने जरिबाना पनि तिराउन सक्छ ।

यस्ता लाइटहरुले मानिसको ध्यान भड्काउन सक्ने र त्यसले दुर्घटनालाई बढाउन सक्ने संभावनालाई ध्यानमा राख्दै गाडीहरुका रंगीचंगी बत्तीहरुले सजाउन रोकिएको हो ।


लाइटका कारणले अतिआवश्यक सवारीसाधनहरुमा पनि अवरोध पुर्याउन सक्छ भने गाडी चालकले ती बत्तीहरुका कारण राम्रोसंग अगाडि र पछाडि देख्न समेत नसक्ने हुनाले यसरी गाडीहरुका बत्ती राखेर सजाउन रोकिएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com