रिपब्लिकनहरूले ओबामाकेयरलाई कमजोर पार्ने प्रयास गरिरहेको डेमोक्र्याटको आरोप


प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार

man in blue crew neck t-shirt holding white printer paper


अमेरिकामा जनताको स्वास्थ्य बीमामा सरकारको खर्च पुनः व्यवस्थित गर्ने नयाँ प्रस्ताव अघि सारिएको छ ।

रिपब्लिकन नेताहरूले बीमा कम्पनीलाई सिधा रकम दिने प्रचलन रोक्नुपर्ने बताएका हुन् । त्यसको सट्टा उक्त रकम अमेरिकी उपभोक्ताहरूलाई सिधै खातामा पठाउनुपर्नेमा उनीहरूको जोड रहेको छ ।

यदि पैसा उपभोक्ताकै खातामा पठाइयो भने उनीहरूले आफ्नो मनपर्ने बीमा योजना रोज्न सक्ने रिपब्लिकनहरूको धारणा रहेको छ । तर अर्थशास्त्रीहरूले यो कदमले “ओबामाकेयर” लाई कमजोर पार्ने वा प्रतिस्थापन गर्ने प्रयास हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

उनीहरूका अनुसार रिपब्लिकनहरूले विगतमा पनि पटक–पटक ओबामाकेयर कार्यक्रमलाई असफल बनाउन खोजेका थिए । रिपब्लिकनहरूको योजनाअनुसार सङ्घीय सरकारले बीमा कम्पनीलाई दिने सब्सिडी रोक्नेछ । सो रकम नागरिकका व्यक्तिगत खातामा जम्मा गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी खाता प्रणालीद्वारा नागरिकहरूले औषधि, उपचार, सह–भुक्तानी जस्ता खर्चमा सीधै पैसा प्रयोग गर्न सक्नेछन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा बीमा कम्पनीहरूले खाइरहेको सयौँ अर्ब डलरको रकम जनतालाई पठाउनुपर्छ भनेर लेखेका छन् ।

तर डेमोक्र्याट नेताहरू भने यो योजनासँग सहमत नभएको बताएका छन् । उनीहरूले अहिलेको उपाय भनेको केवल सब्सिडी एक वर्षका लागि विस्तार गर्नु हो भनेर बताएका छन् ।

सरकार पुनः सञ्चालन गर्न भएको द्विदलीय सम्झौताअनुसार डिसेम्बरमा सिनेटमा सब्सिडी विस्तारबारे मतदान हुने वाचा गरिएको छ ।

यी कर छुटहरूले सन् २०२१ देखि अमेरिकामा स्वास्थ्य बीमा सदस्यता ऐतिहासिक स्तरमा बढाएको छ ।

अर्थशास्त्री टिम लेटनका अनुसार, यदि सब्सिडीलाई नगदमा रूपान्तरण गरियो भने बीमा बजारमा सहभागीको सङ्ख्या घट्ने र धेरै बीमा कम्पनीहरू बजारबाटै बाहिरिने सम्भावना उच्च रहेको छ ।

धेरै डेमोक्र्याटहरूले रिपब्लिकनहरूको यो प्रस्ताव ओबामाकेयर कमजोर पार्ने अर्को प्रयास मात्र भन्नेमा दृढ देखिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com