बेलायतको रेलमा छुरा प्रहार: १० जना घाइते, ९ जनाको अवस्था गम्भीर


प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार

people walking on sidewalk near train station during daytime

फोटो : म्याङ्गोपेयर क्रिएटिभ/अनस्प्ल्यास

बेलायतको रेलमा भएको छुरा प्रहारबाट १० जना घाइते भएका छन्। बेलायतमा रेलभित्र भएको छुरा प्रहारको घटनामा कम्तीमा १० जना घाइते भएका अधिकारीहरूले बताएका छन्। नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

आक्रमणलाई “ठूलो घटना” घोषणा गरिएको छ। घटनाको आतंकवादविरोधी प्रहरीले अनुसन्धानमा सहयोग गरिरहेको छ। घटनामा संलग्न भएको आरोपमा दुई जना संदिग्धलाई पक्राउ गरिएको छ।

घटना क्याम्ब्रिजसायरको हन्टिङ्डन नजिक भएको ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले बताएको छ। प्रहरीका अनुसार डनकास्टरबाट लन्डनको किङ्स क्रस जाँदै गरेको रेलमा छुरा प्रहार भएको थियो।

एक व्यक्तिले ठूलो चक्कु लिएर यात्रुहरूमाथि हमला गर्दै गरेको देखेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेलले आकस्मिक रूपमा हन्टिङ्डन स्टेशनमा रोकिएपछि सशस्त्र प्रहरीहरूले दुई जना संदिग्धलाई नियन्त्रणमा लिएको बताइएको छ।

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले यो घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै घाइतेहरू सबैको स्वास्थ्य लाभको कामना गरेका छन्।

लन्डन नर्थ ईस्टर्न रेलवेले यात्रुहरूलाई तत्कालका लागि “यात्रा नगर्न” आग्रह गरेको छ।

घटनाको अनुसन्धान भइरहेको छ। सुरक्षाकर्मीहरूले सम्भावित आतंकवादी आशंकासमेत अध्ययन गरिरहेको जनाइएको छ।

बेलायतमा पछिल्ला वर्षहरूमा छुरा प्रहार र छुरा अपराध गम्भीर सामाजिक समस्याका रूपमा देखा परिरहेका छन्।

गोली प्रहारका घटनाहरू कम भए पनि, हतियारको सट्टा चक्कु प्रयोग गरेर हुने आक्रमण र हिंसात्मक घटना देशभर बढ्दै गएका छन्।

बेलायती गृहमन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला दशकमा विशेष गरी लन्डन, म्यानचेस्टर, बर्मिङ्घम र लिभरपुलजस्ता ठूला सहरहरूमा छुरा प्रहारका घटना तीव्र रूपमा बढेका छन्। प्रत्येक वर्ष हजारौँ मानिस छुरा आक्रमणमा घाइते हुने गर्छन्।

पीडितहरूमा बढी जसो १५ देखि २५ वर्ष उमेरका युवकहरू हुन्छन्। अधिकांश घटना ग्याङ हिंसा, मादक पदार्थ कारोबार वा व्यक्तिगत झगडासँग सम्बन्धित छन्। लन्डन ब्रिजमा भएको छुरा आक्रमणमा दुई जनाको मृत्यु भएको थियो।

आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको थियो। रेडिङ पार्क हमलामा आतंकवादीले पार्कमा तीन जनालाई छुरा प्रहार गरी हत्या गरेको थियो। म्यानचेस्टर, लिभरपुल, बर्मिङ्घमलगायत सहरहरूमा समय–समयमा किशोरहरूबीचका झगडामा छुरा प्रहार हुने घटना भइरहेका छन्।

छुरा प्रहारका घटनाले बेलायती समाजमा सुरक्षा र युवाको मानसिक अवस्थाप्रति चिन्ता बढाएको छ। धेरै अभिभावक र विद्यालयहरूले बालबालिकालाई हिंसाबाट टाढा राख्ने उपाय खोजिरहेका छन्।

समुदायमा सामाजिक असमानता, बेरोजगारी, र ग्याङ संस्कृति यस समस्याका मुख्य कारणका रूपमा देखिएका छन्। एजेन्सीहरूको सहयोगमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com