उडान कर्मचारीको हडतालका कारण एयर क्यानडाद्वारा सबै उडान स्थगित,वार्ताबाट तत्काल निकास निकाल्न सरकारको चेतावनी


प्रकाशित मिति : श्रावण ३१, २०८२ शनिबार

उडान कर्मचारीहरूको हडतालका कारण एयर क्यानडाले सबै उडान स्थगित गरेको छ। यस विषयमा तत्काल समाधान खोज्न सरकारले दुवै पक्षलाई चेतावनी दिएको छ।

उडान कर्मचारीहरूको हडतालपछि एयर क्यानडाले आफ्ना सबै उडान रोकेको हो। शनिबारदेखि सुरु भएको हडतालका कारण एयर क्यानडाले एयर क्यानडा र एयर क्यानडा रग सेवाका सयौँ उडान रद्द गरेको हो। शुक्रबार मात्रै ५०० उडान रद्द हुँदा करिब १ लाख यात्रु प्रभावित हुने अनुमान गरिएको थियो।

क्यानडाका सार्वजनिक कर्मचारीहरूको संघका १० हजार सदस्यहरूले विगत आठ महिनादेखि तलब, अवैतनिक काम र अन्य मुख्य विषयमा एयरलाइनसँग वार्ता गरिरहेका थिए। एयर क्यानडाले चार वर्षमा ३८ प्रतिशत तलब वृद्धिको प्रस्ताव गरे पनि युनियनले त्यसलाई अस्वीकार गरेको छ।

युनियनका अनुसार कम्पनीले दिएको प्रस्ताव “महँगीभन्दा कम, बजार मूल्यभन्दा कम र न्यूनतम तलबभन्दा पनि तल” थियो। सहमति नजुटेपछि युनियनले दिएको ७२ घण्टे चेतावनीपछि शनिबार मध्यरातदेखि नै हडताल सुरु भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानाडाकी श्रम मन्त्री प्याट्टी हाज्डुले शनिबार क्यानाडा श्रम संहिता प्रयोग गर्दै एयर क्यानडा र युनियनलाई अनिवार्य मध्यस्थतामा जान आदेश दिएकी छन्।

यस कदमलाई युनियनले “संवैधानिक अधिकारको उल्लङ्घन” भन्दै आलोचना गरेको छ। उनीहरूको भनाइमा, जबर्जस्ती सम्झौता गर्न लगाउँदा समस्याहरू अझ गहिरिन सक्छन्।

यस हडतालका कारण यात्रुहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै एयर क्यानडाले उडानमा परिवर्तन भएमा सूचना दिने र पूर्ण फिर्ता रकम उपलब्ध गराउने बताएको छ।

साथै, कम्पनीले अन्य क्यानाडेली र विदेशी एयरलाइनहरूसँग सहकार्य गरी यात्रुहरूलाई वैकल्पिक यात्रा सुविधा उपलब्ध गराउने प्रयास गरिरहेको छ। एयर क्यानडाले यात्रुहरूलाई “अन्य एयरलाइनको टिकट नभएसम्म विमानस्थल नजान” समेत आग्रह गरेको छ।

सन् १९९८ मा पनि एयर क्यानडाका पाइलटहरूले १३ दिनसम्म हडताल गर्दा सबै उडान रोकिएका थिए, जसबाट कम्पनीलाई १३३ मिलियन क्यानेडियन डलर घाटा भएको थियो। यसपटक पनि सरकारको हस्तक्षेपले सम्झौता प्रक्रियाको समयरेखा बदल्न सक्ने अनुमान गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com