अमेरिकी प्रथम महिला ट्रम्पद्वारा बाइडेनविरुद्ध मुद्दा हाल्ने चेतावनी


प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले हन्टर बाइडेनविरुद्ध १ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने चेतावनी दिएकी छिन्।

हन्टर बाइडेनले मेलानियालाई उनका पति डोनाल्ड ट्रम्पसँग यौन अपराधी जेफ्री एप्स्टिनले परिचय गराएको दाबी गरेका थिए।

सन् २००५ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी प्रथम महिलाको तर्फबाट कार्यरत वकिलहरूले बाइडेनको दाबीलाई “झूटो, अपमानजनक, बदनाम गर्ने र उत्तेजक” बताएका छन्।

पूर्व राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले यो टिप्पणी यसै महिनाको एउटा अन्तर्वार्तामा गरेका थिए। उनले बिहीबार पनि आफ्नो दाबीको बचाउ गर्दै माफी माग्ने कुनै संकेत देखाएनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोनाल्ड ट्रम्पको एप्स्टिनसँग मित्रता थियो। एप्स्टिनले ट्रम्पको फ्लोरिडा गल्फ क्लबको स्पाबाट कर्मचारी लिएपछि सन् २००० को दशकको सुरुवातमा सम्बन्ध बिग्रिएको दाबी गरिएको छ।

प्रथम महिलाका वकिलहरूले हन्टर बाइडेनका वकिललाई पठाएको पत्रमा दाबी फिर्ता लिन र माफी माग्न चेतावनी दिइएको छ। अन्यथा १ अर्ब डलरभन्दा बढी क्षतिपूर्तिको कानुनी कारबाही हुने चेतावनी उनलाई दिइएको छ।

बाइडेनको दाबीका कारण प्रथम महिलाले “अत्यधिक आर्थिक र प्रतिष्ठागत क्षति” भोग्नुपरेको दाबी गरिएको छ।

यसै महिनाको सुरुमा फिल्म निर्माता एन्ड्रु कलाहानसँगको विस्तृत अन्तर्वार्तामा हन्टर बाइडेनले एप्स्टिनसँग सम्बन्धित अप्रकाशित कागजातहरूले राष्ट्रपति ट्रम्पलाई पनि फसाउने दाबी गरेका थिए।

उनले भनेका थिए, “एप्स्टिनले मेलानियालाई ट्रम्पसँग परिचय गराए — सम्बन्धहरू निकै गहिरा र व्यापक छन्।”

प्रथम महिलाको कानुनी पत्रमा यो दाबी आंशिक रूपमा पत्रकार माइकल वुल्फको पुस्तकमा आधारित रहेको उल्लेख छ।

वुल्फले हालैको अन्तर्वार्तामा मेलानिया एप्स्टिन र ट्रम्पको चिनजानमा रहेका एक व्यक्तिलाई चिनेकी थिइन् भन्ने दाबी गरेका थिए।

तर, यो कथा प्रकाशन गर्ने अमेरिकी मिडिया ‘द डेली बिस्ट’ले प्रथम महिलाका वकिलको पत्र पाएपछि समाचार हटाएको र ढाँचा तथा सामग्रीमा त्रुटि भएको भन्दै माफी मागेको छ।

एप्स्टिनले सन् २०१९ मा नाबालिगमाथि यौन अपराधको मुद्दामा थुनामा रहँदा आत्महत्या गरेका थिए। तर ट्रम्प र मेलानियाको भेट एप्स्टिनमार्फत भएको कुनै प्रमाण छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com