न्यूयोर्कको आप्रवासी हिरासतलाई तुरुन्तै सुधार गर्न अदालतको आदेश


प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार

अमेरिकाको न्यूयोर्कमा रहेको आप्रवासी हिरासतलाई तुरुन्तै सुधार गर्न संघीय न्यायाधीशले आदेश दिएका छन्। हिरासत अत्यन्तै फोहोर, दुर्गन्धित र भीडभाड भएको गुनासोका आधारमा संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई तत्काल सुधार गर्न आदेश दिएका हुन्।

न्यायाधीश लुइस ए. काप्लानले हिरासतमा रहेका आप्रवासीहरूको तर्फबाट दायर मुद्दामा अस्थायी प्रतिबन्ध आदेश जारी गर्दै अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा आइस लाई यो आदेश दिएका हुन्।

उनले २६ फेडरल प्लाजा भवनको ‘होल्ड रुम’ मा क्षमता सीमित गर्न, सरसफाइ कायम राख्न र सुत्नका लागि म्याट उपलब्ध गराउन निर्देशन दिएका छन्।

गत महिनामा कैदीहरूले खिचेको मोबाइल भिडियोमा चारवटा होल्ड रुममध्ये एउटामा करिब दुई दर्जन पुरुष भुइँमा थर्मल ब्ल्याङ्केट मात्र ओढेर सुतेको देखिएको थियो। उनीहरू म्याट वा गद्दाबिना नै सुतेको उक्त भिडियोमा देखिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतमा दायर कागजातअनुसार, कैदीहरूलाई साबुन, ब्रसजस्ता सरसफाइका सामान पनि दिइएको छैन। खुला शौचालयका कारण पसिना, पिसाब र दिसाको दुर्गन्ध उनीहरूले सहनुपर्थ्यो।

महिनावारी भएका महिलाहरूलाई आवश्यक सामग्रीको अभाव रहेको देखिएको छ। कसैलाई दुईवटा मात्र प्याड दिइएको र सबैले बाँडेर प्रयोग गर्नुपरेको कैदीहरूको गुनासो छ।

न्यायाधीश काप्लानले प्रत्येक व्यक्तिलाई ५० वर्गफुट स्थान उपलब्ध गराउन आदेश दिएका छन्। जसअनुसार सबैभन्दा ठूलो होल्ड रुमको क्षमता करिब १५ जनामा सीमित हुनेछ। अहिले त्यहाँ ४० भन्दा बढी बन्दी राखिएको छ।

उक्त भवनमा आप्रवासन अदालत र एफबीआईको न्युयोर्क फिल्ड अफिस पनि छन्। यो राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासनविरुद्धको कडा कारबाहीको केन्द्र बनेको छ।

न्यायाधीशले कोठाहरू दिनमा तीनपटक सफा गर्न, पर्याप्त सरसफाइका सामान उपलब्ध गराउन र वकिलसँग गोप्य फोन सम्पर्कको व्यवस्था गर्न आदेश दिएका छन्।

यो मुद्दा ‘मेक द रोड न्युयोर्क’, ‘न्युयोर्क सिभिल लिबर्टिज युनियन’ र ‘अमेरिकन सिभिल लिबर्टिज युनियन’ ले दायर गरेका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com