‘ब्रा’भित्र लुकाएर ल्याएको कोकिनसहित विमानस्थलबाट एक विदेशी महिला पक्राउ


प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार

नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक जीवन निरौलाले कालो रङको ‘ब्रा’भित्र लुकाएर ल्याएको एक किलोग्राम ९५० ग्राम कोकिनसहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी फरेरालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको सहप्रवक्ता निरौलाले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com